Wednesday, June 7

जन्मदै दुवै आँखा नभएका रमेश प्रसाईको यस्तो छ जिवन क’हानी, आमा भन्छिन्, ‘छिमेकीले नै वि’ष खुवाएर मारि,देउ भन्थे’ (भि’डियो हेर्नुस्)

December 14, 2020 2038

काठमाडौ । रमेश प्रसाई ताप्लेजुंगमा २०५० सालमा भएको हो । उनका बुवा आमा शिक्षण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतनशिल थिए । दुवै आँखा नभएका उनी जन्मजात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामाजिक सञ्जालमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनीमा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यसपछि उनी पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने गर्थे । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे ।

दृष्टिविहिनहरुका लागि उपयुक्त हुने विभिन्न कृयाकलाप गराउने भएकाले अन्य कृयाकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसएलसी दिएर पहिलो श्रेणिमा पास गरे । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा लाइभमा आएर दिएको अभिब्यक्ति पछि चर्चित भएका थिए । २०७५ साल बैशाखमा नरेन्द्र मोदी नेपाल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जालमा उनले निकै खरो भनाई सार्वजनिक गरेका थिए । त्यो भनाई निकै चर्चित भयो ।

अहिले उनी पब्लिक स्पीकरका रुपमा परिचित छन् । रमेश निकै चलाख बच्चा भएको उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालिएको उनी रुँदा पनि नाकवाट आँशु आउने गरेको पनि उनले बताउँछिन् । यस्तो अवस्थामा जन्मिएका रमेशलाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रिदिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झन्छिन् । न्वारनमा आएका पण्डितले समेत कसरी दुध खुवाउँछौ भनेर प्रश्न गरेका थिए ।

आमा रमेश प्रसाइ

रमेशलाई हिन्दी फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठाएका थिएनन् । तर पछि रमेशले आफुलाई नदेख्ने भएर हेपेको भनेर कर गरेपछि मात्र उनलाई विद्यालय भर्ना गरिदिएका थिए । उनी विद्यालयमा भर्ना भएपछि उनले विलक्षण प्रतिभा देखाएका थिए ।

हेरौ यो तलको भिडियो

प्रतिकृया दिनुहोस्