February 20, 2021 1546
झापाका निरज कुईकेल निकै प्रतिभाशाली छन् । सानैदेखि चित्रकलामा रुचि भएका निरज यतिबेला सामाजिक सन्जालमा पनि चर्चित छन् । उनी बिभिन्न चर्चित कलाकार, सामाजिक बिषयवस्तु र अन्य प्राकृतिक र रोचक कुराहरुलाई आफ्नो चित्रकलामा उतार्छन् ।
यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा निरजले आफ्नो कला देखाए । शिशिरलाई उनकै सुन्दर चित्रकला उपहार दिदै निरजले आफ्नो अनुभवहरु साटे । निरजले आफैले हातले बनाएका शिशिरको तस्बिर उत्कृष्ठ थियो ।
निरजले आफ्नै बुवाको प्रेरणाले आफु यस क्षेत्रमा लागेको बताए । अहिलेको समयमा डिजिटल युगमा फोटो र भिडियोहरुमा मान्छे झुमिरहेको बेलामा के चित्रकला गरेर खान सकिन्छ,
जिवीकोपार्जन गर्न सकिन्छ ? निरज भन्छन्, अवश्य सकिन्छ । जति नै डिजिटल दुनियाँ भएपनि हाते चित्रकलाको बेग्लै महत्व हुने उनले बताए ।
भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्