काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नता रहेको नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् ।गोर्खा मिडिया नेटवर्कले नेपालमै पहिलो चोटी 4K टेलिभिजन ल्याउने घो’षणा गरेको हो ।
न्युज २४ टेलिभिजनबाट बाहिरीए संगै रबि लामिछानेले आफुले केहि नया कामको शुरुवात गर्ने बताएका थिए ।नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।
जनताका आ’वाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। उ’द्घाटन स’मारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मु’द्दा ओ’झेलमा पर्यो ती सर्वसाधारणको मु’द्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे , रबि लामिछाने म्यानेजिङ डाइरेक्टरको रुपमा रहनेछन्। अहिले काठमाडौंको एक होटलमा उक्त कार्यक्रमको उ’द्घाटन भैरहेको छ ।
प्रतिकृया दिनुहोस्