Wednesday, June 7

मुख्य मन्त्रीसँग बिहेपछि जाङ्मु इन पहिलोपटक मिडि,यामा, विरो,ध गर्नेलाई दिईन कडा ज,वाफ (हेर्नुस भिडियो सहित)

February 23, 2021 2121

काठमाडौ – मुख्यमन्त्री शेरधन राईको विवाहको चर्चा अझै सेलाएको छैन । उनले जाङ्मु इन संग केही दिन अघि विवाह गरेका हुन् । मुख्यमन्त्री राई र जाङ्मु बीचको उमेरको फरक र विवाहको शैलीलाई लिएर निकै चर्चा भएको थियो । साथै शेरधनलाई केही वर्ष देखि श्रीमान दावी गर्दै आएकी बालिका खड्काले दिएको अभिब्यक्तिका कारण पनि उनको विवाह चर्चामा आयो ।

प्रदेश १ का मुख्यमन्त्री राईसंग विवाह गरेपछि जाङ्मु इन पहिलो पटक सार्वजनिक भएकी छन् । उनी एक पवित्र सेवा नेपालमा रहेका बालबालिकाहरुसंग जन्मदिन मनाएकी छन् । उनले संधैका वर्षहरुमा जस्तै यो वर्ष पनि यि बालबालिकाहरुसंग जन्मदिन मनाएकी हुन् । मिस मंगोल ९२०१८० बनेपछि उनी आफु समाजसेवामा लागेको बताएकी छन् । त्यही बेला देखि नै यसरी जन्मदिन मनाउँदै आएको उनको भनाई छ ।

उनले अन्य धेरै सामाजिक कामहरु पनि गर्दै आएको बताएकी छन् । उनले समाजसेवाकै लागि एक संस्था पनि स्थापना गरेको बताएकी छन् । आफुलाई मुख्यमन्त्रीको श्रीमती भएकाले देखाउनका लागि सामाजिक सेवामा आएको हो भन्ने गलत धारणा नराखीदिन उनले आग्रह गरिन् । उनले भनिन्, मुख्यमन्त्रीको श्रीमती भएको भर्खरै हो, तर म मिस मंगोल भए देखि नै समाजसेवामा लागेकी छु ।

उनले आगामी दिनमा सामाजिक कामलाई जारी राख्ने बताएकी छन् । उनले आफ्नो कामको दायरा अझ बढाएर लैजाने पनि बताएकी छन् । जन्मदिन मनाउन आएकी जाङ्मु इनले तपाईको कति औं जन्मदिन हो भनेर प्रश्न गर्दा पनि आफ्नो उमेर बताइनन् । उनले भनिन्, उमेर जस्ट नम्बर हो त्यसैले नखुलाउँ ।

 

प्रतिकृया दिनुहोस्