Saturday, June 3

ग्यालेक्सी टिभि मार्फत दुःखी पी:डितको गुनासो सुन्न रवी लामिछानेको यति ठुलो तयारी..

February 25, 2021 1681

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलि’भिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामि’छानेले बताए। मंगलबार काठमा’डौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाज:लाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ। ग्याले’क्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः

क्राइम पेट्रोल नेपाल- दीपकराज गिरी , को बन्छ करोडपति- राजेश हमाल , सारेगम लिटिल च्याम्प्स- इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा,कामका कुरा- रवि लामिछाने , आविष्कार- महावीर पुन,फरएभर- नवराज पराजुली,लाल मोहर- रमेश प्रसाईं।

यी बाहेक नेपाली भाषाको रामायण, द लिडर, लगायत कार्यक्रम प्रसारण हुनेछन्।

यस्तै यो टेलिभिजनको कार्यालय विदेशमा समेत खोलिने भएको छ । दिल्ली , खाडी मुलुक, युरोप लगायत ,धेरै नेपाली हरु बसोबास गरिने देशमा समेत संपर्क कार्यालय खोलिने ग्यालेक्सी टेलिभिजनका एक सदस्य समेत रहेका दीपक बोहोराले जनाएका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन् :

“हाम्रो Galaxy TV South Asia Standard को हुनेछ । दिल्ली, खाडी, युरोप र नेपालीहरुको बाहुल्य भएका देशहरुमा GALAXY TV को अफिस हुनेछ । हिजो दुखी पीडितका पक्षमा चिच्याएर बोल्दा पनि नसुनेझै, नदेखेझै गर्नेहरु राम्रो Sound Quality सहित 4k मा सिधाकुरा हेर्ने छन् । GALAXY 4K Coming Soon…”

प्रतिकृया दिनुहोस्