काठमाडौँ, टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग मार्फत आफ्ने पृथक छबि बनाएका संञ्चारकर्मी हुन् , रबि लामीछाने । करिब ६ सय भाग मार्फत उनले नेपाली जनताको अपार साथ पाउन सफल भएका थिए ।
उनै चर्चित संचारकर्मी रबि लामीछाने केही समय अगाडी मात्रै उक्त लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँगबाट टाढिएका हुन् । रबिले छोडेपछि हाल सो कार्यक्रमलाई पत्रकार सम्झना झुजेलले पुरानै शैलीमा संचालन गर्दै आएकी छिन् ।
केही दिन अघि मात्रै संचारकर्मी लामीछाने एक टेलिभिजनको सुरुवात गरेको जनाकारी गराएका छन् ।
उक्त टेलिभिजन मार्फत उनले नयाँ ढंगबाट विभिन्न कार्यक्रम ल्याउन लागिएको उद्धोष समेत गर्न भ्याए । उनले पुनः उक्त टेलिभिजन मार्फत पनि आफुले विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।
सोही क्रममा उनले अब कार्यक्रम सिधा कुरा जनतासँग नभई कार्यक्रम “सिधा कुरा” मार्फत जनताका सूक्ष्म सवाललाई उठाउने बताए ।
अहिले उनले संचालनमा ल्याउदै गरेको टेलिभिजनलाई निकै चासोका साथ हेरीएको छ ।
दर्शकहरु उनको कार्यक्रमको व्यग्र प्रतीक्षामा छन् ।
यसैबीच यता विगत १० वर्ष देखि क्यापिटल मिडिया ग्रुप अन्तर्गत क्यापिटल एफ.एम्. र क्यापिटल टिभीमा कार्यरत पत्रकार कृष्ण तिमील्सीनाले “सिधा कुरा” नाम आफ्नो भएको दाबी गरेका छन् ।
उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन् , “एऊटा धमकेदार द्धप् टेलिभिजनले “सिधा कुरा” कार्यक्रम सुरू गर्दैरहेछ । जुन नामको संवादमुलक कार्यक्रम मैले क्यापिटल एफएममा बिगत १० बर्षयता हरेक दिन चलाई आएको छु । यही रेडीयोको सिधा कुरा हाल क्यापिटल टिभीमा गएको कार्तिक १ गतेवाट हरेक दिन प्रसारण हुन्छ ।
म नेपाली टेलिभिजन ईतिहासमा “आफुलाई अव्वल रचनात्मक र श्रीजनात्मक धरोहर” ठान्ने लामेछाने सहितको यो टोलीलाई प्रश्न गर्न चाहन्छुः एऊटा कार्यक्रमको मौलीक नाम खोज्न नसक्ने तिमिहरूलाई म कुन दर्जा दिऔं ?? कठै तिम्रो रवाफः कठै तिम्रो धरातल…….”
प्रतिकृया दिनुहोस्