Monday, March 20

यस्ता लक्षणहरू देखिए मृगौलामा स, मस्या भएको हुन सक्छ..त्यसैले सतर्क हुन आवश्यक…

March 1, 2021 2015

मृगौलामा हुने समस्या वा रोग समयमै पहिचान भएन भने यो घातक हुन सक्छ ।

शरीरबाट फोहोर र विषाक्त हटाउन मद्दत गर्ने मृगौला शरीरको मुख्य अङ्गमध्ये एक हो । दुबै मृगौला लाखौँ साना नेफ्रन नामक फिल्टर हुन्छन् । जसले रगतलाई सफा राख्न काम गर्छ । यदि मृगौलामा कुनै पनि प्रकारको समस्या भएमा विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन पाउँदैन, जसकारण शरीरमा धेरै रोग देखा पर्न सक्छ । यी रोगबाट बच्न, मृगौलामा समस्या भएमा देखिन सकिने लक्षण थाहा पाउनु जरुरी हुन्छ ।

– युरिन कार्यमा परिवर्तन : मृगौलामा समस्या हुन थालेपछि देखिने पहिलो र मुख्य लक्षण भनेको मृगौलाको कार्यमा बाधा पुगेर पिसाबमा देखिने परिवर्तन हो । मृगौलामा हुने केही प्रकारको समस्याको कारण पिसाबको रङ, मात्रा र दिनमा कति पटक पिसाब आउँछ, यी सबै चीज परिवर्तन हुन थाल्छ ।

– शरीर सुन्निने समस्या : मृगौलाको कार्यमा समस्या आउँदा, शरीरबाट बाहिर निस्कन नसक्ने फोहोर र तरल पदार्थले समस्या निम्त्याउँछ । जसले हात, खुट्टा, जोर्नीहरू, अनुहार र आँखामुनि वा शरीरका विभिन्न भाग सुन्निने हुन्छ ।

– रिँगटा लाग्ने र कमजोरी : मृगौलाले गर्नुपर्ने कार्यमा अवरोध हुँदा रिँगटा लाग्ने सम्भावना बढी हुन्छ । धेरैजसो समय शरीर थाकेको वा कमजोरी महसुस हुन्छ । यी लक्षण रगतको अभाव र शरीरमा फोहोर जमेको कारणले हुन्छ ।

– ढाड दुख्ने कारण बुझ्न असमर्थ भएमा : ढाड र पेटको पछाडि कुनै कारणविना दुखाइ भएमा मृगौलाको सङ्क्रमण वा मृगौलाको रोगको लक्षण हुन सक्छ ।

– छालामा समस्या र चिलाएमा : अचानक छालामा दाग, र्‍यासेज, छालामा परिवर्तन भएमा वा धेरै चिलाएका शरीरको फोहोर सङ्कलन भएको सङ्केत गर्न सक्छ । किड्नीको कार्यक्षमतामा ह्रास आउँदा शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा प्रभावित हुन्छ, जसले अचानक चिलाउने समस्या उत्पन्न गर्छ । सामान्यतया स्वस्थ छाला पनि सुक्खा हुन, फुट्न र चिलाउन थाल्छ ।

– बान्ता : मृगौलाको समस्या भएमा परिणामस्वरूप बान्ता हुनु सामान्य लक्षणमध्ये एक हुन् । यसबाहेक ग्यास्ट्रिकसम्बन्धी समस्या पनि हरेक बिहान देखा पर्छ ।

– अत्यधिक चिसो लागेमा : मौसम राम्रो भए पनि अत्यधिक चिसो लाग्ने वा कहिले काहीँ चिसोका कारणले ज्वरो आउनु पनि मृगौलाको समस्या भएका देखिने लक्षणमा पर्छ ।

यदि माथि उल्लेखित कुनै पनि सङ्केत देखिएका मृगौलामा समस्या हुन सक्ने हुँदा ढिला नगरी तुरुन्त डाक्टरको सल्लाह लिनु एकदम महत्वपूर्ण हुन्छ ।

प्रतिकृया दिनुहोस्