Saturday, June 3

उर्लावारीमा फेरी अर्को घटना, रुँदै आइन् आमा “मेरो छोरालाई पनि त्यसै गरी मा रे न्याय पाइन” (भिडियो हेर्नुस्)

March 1, 2021 1619

काठमाडौ – आफ्नो दाईको न्यायको लागि गरेको साहसिक कदम पछि अहिले प्रविणको जस्तै अर्को घटना पनि सार्वजनिक भएको छ । सदिक्षाले जस्तै प्रहरी प्रशासनवाट कुनै सहयोग नपाएपछि एक जना महिला आफ्नो घटना सुनाउन सदिक्षालाई भेट्न आएकी छन् । उनले सदिक्षाले देखाएको साहस पछि आफ्नो छोराको लागि पनि न्याय खोजिदिन्छन् की भन्ने आशले भेट्न आएकी हुन् ।

उनी पनि सदिक्षाकै छिमेकी गाउँकी हुन् । उनको छोरा सञ्जिव भण्डारीको पनि प्रविणकै जस्तै अवस्था बनाईको र आफ्नो छोराले न्याय नपाएको आमाले बताएकी छन् । प्रविणको आवाज उठिरहकै बेला यि आमाले आफ्नो छोराको लागि न्याय खोजिदिन आग्रह गरेकी छन् ।

उनले आफुलाई पार्टीको केन्द्रिय सदस्य बताउने युवकले नागरिकताको फोटो कपि मागेको र उनलाई आफ्नो अध्ययनको लागि सहयोग गर्ने बचन दिएका थिए । युवराज वास्कोटाको घरमा आफ्नो छोराको निधन भएको भएपनि आफुलाई त्यसवारे समयमै जानकारी नदिएको बताइन् ।

उनले आफुलाई सञ्जिवको बाबा ममी मेरो घरमा आइदिनु भनेर फोन गरे । त्यपछि आफुले छोरालाई फोन गर्दा छोराको फोन उठेन । उनले फेरी युवराजलाई फोन गरेर मेरो छोराले किन फोन उठाएन भनेर सोध्दा तपाईको छोरा फोन उठाउने अवस्थाको छैन बिरामी छ तपाई छिटै आउनु भनेर बोलाएपछि आफु गएको बताइन् ।

गाउँभरीका मानिस बोलाएर भेला गर्दा सम्म पनि आफुलाई नबोलाएको उनको भनाई छ । उनले छोराको शव देख्दा स्वभाविक निधन जस्तो नलागेको बताएकी छन् । उनले युवराज विरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान नगरेको उनको भनाइ छ ।

बाँकी तलको भिडियो मै हेर्नुहोस…

प्रतिकृया दिनुहोस्