Sunday, April 2

धेरै फि; ल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन्। श्रीकृष्ण सुटिूङमै बिरा, मी हु,न्थे (भिडियो हेर्नुस)

March 3, 2021 4096

बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बिवादको बारेमा बोलेकी छिन् । उनले श्रकृष्ण सुटिँगको सेटमै बिरामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आरोपका बारेमा स्पष्ट बिचार राखिन् । साथै उनले शिशिर भण्डारीसँगको कुराकानीमा अहिलेका चर्चित नायकहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी को राम्रो लाग्छ भनेर बताएकी छिन् ।

लक्ष्मी गिरी, उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा (नेवार समुदायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो ।

लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ ।

‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जागिरे भएर बिताउनुभयो ।

बैङ्कको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैङ्कको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला अप्रील फर्स्ट हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्