काठमाडौं- आउँदो जेठ महिनाबाट नेपालमा अ’वैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डि’भाइस म्या’नेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडान प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।
उनले एमडीएमएस जडान, इ’न्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अ’वैध रुपमा भित्रिने मोबाइल नचल्ने बताए ।
प्राधिकरणले अ’वैध रूपमा भित्रिएका मोबाइल ब’न्द गराउन विगत साढे चार वर्षदेखी इन्टरनेसनल मोबाइल इ’क्विपमेन्ट आ’इडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल ब’न्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको हो ।
प्रतिकृया दिनुहोस्