Wednesday, October 27

ह्वात्तै घट्यो सुनको मुल्य, तोलामा आज यतिमा झर्यो…

March 5, 2021 592

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यो हप्ताको पहिलो कारोबार दिन (फागुन १६ गते, आइतबार) नै सुनको मूल्य घटेको थियो । पछिल्ला २ दिन बिहीबार र शुक्रबार पनि सुनको मूल्य तोलामा दैनिक हजार रुपैयाँकै हाराहारीले घटेको छ ।

यो हप्ताभर नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन (फागुन १४ गते, शुक्रबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८८ हजार रुपैयाँ थियो भने यो हप्ताको अन्तिम कारोबार दिन घटेर ८५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावश्वरुप नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर आरोलो लागिरहेको छ ।

२ हप्ता अगाडि अमेरिकी राष्ट्रपति जो वाइडनले नयाँ कार्यक्रम ग्रीन भ्याली सोलार सिस्टमको लागि सुन बिक्री गरेको थिए । यस्तै, विश्वका मुख्य धनाढ्यमध्ये प्रमुख १० भित्र पर्ने टेन वारेन बफेटले पनि ठूलो मात्रामा सुन बिक्री गरेका थिए । चीनमा नयाँ वर्ष सकिएसँगै चीनको माग घटेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन खरिद गर्नेभन्दा बक्री गर्ने धेरै छन् । बिक्री चाप बढेका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्रचार्यले जानकारी दिए ।

‘सुनको भाउ घट्नुमा बिक्री चाप मुख्य कारणको रुपमा रहेको छ भने अरु कारणहरुमा बजार अस्थिर हुनु, शेयर मजबुद हुनु र कोभिडको भ्याक्सिन आइ असर कम हुनु पनि हो,’ सुनचाँदी व्यवसायी महासंघका महासचिव बज्रचार्यले भने ।

बज्रचार्यका अनुसार भारतीय रुपैयाँ (भारु) कमजोर भइ अमेरिकी डलर बलियो हुँदा पनि नेपाली बजारमा सुनको भाउ घटेको हो ।

साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलाको १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्