विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रिजुगाका ३१ वर्षीय देवकुमार चौधरीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन ।
काम विशेषले उनी विराटनगर आउनुपर्ने भयो । भतिज २० वर्षीय अजित चौधरीलाई प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकलमा पछाडि राखेर बुधबार राति उनी विराटनगर आउँदै थिए । भित्री सडक खण्ड हुँदै विराटनगर आउने क्रममा बिना लाइसेन्स देवकुमारले चलाएको मोटरसाइकल राति ९ बजेतिर सुन्दरहरैँचा–३ लोचनीमा दु र्घटनामा पर्यो ।
पैनीको ड्रेनमा ठो क्किएर भएको दु र्घटनामा उनले भतिज नै गुमाए । दुर्घटनामा घाइते भएका अजितलाई उपचारका लागि देवकुमारले सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लिनिक पुर्याए । अवस्था गम्भीर बन्दै गएपछि परिवारका सदस्यले थप उपचारका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको पाइएको छ । उपचारकै क्रममा बिहान ५ बजेतिर अजितको मृत्यु भयो ।
तर दुर्घटनामा भएको मृत्युलाई ढाकछोपको प्रयास गर्दै घटनाका बारेमा प्रहरीलाई कुनै जानकारी दिइएन । ढिलो गरेर जानकारी पाएको प्रहरीले दुर्घटना भएको १० घण्टापछि मात्रै घटनास्थल मुचुल्का तयार पार्दै दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिनसक्यो । घटना खुल्ने र बाहिर आउने डरले दुर्घटनामा घाइते भएका अजितलाई बसेकै ठाउँमा स्वास्थ्य अवस्था बिग्रिएका कारण ल्याएको भन्दै परिवारका सदस्यले ढाँटेर अस्पताल भर्ना गरेको पाइएको प्रहरीको भनाइ छ । पछि चिकित्सकले दुर्घटनामा परेको हुनसक्ने जानकारी दिएपछि प्रहरीले अनुसन्धान थाल्दा घटना पत्ता लागेको हो ।
आफन्त र परिवारका सदस्यले ‘सुटुक्क’ शव अस्पतालबाट निकालेर अन्त्येष्टिका लागि लैजाने तयारी गर्दै गर्दा घटनाका बारेमा थाहा प्रहरीले थाहा पायो । त्यसपछि शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोसी अस्पताल लैजाँदै मोटरसाइकल चालक देवकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्दै घटनाका बारेमा कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।
‘कुनै पनि दुर्घ, टना वा घटनामा परेर कसैको मृत्यु भएमा शवको पोस्टमार्टम गर्नुपर्छ । घटनाको मुचुल्का तयार पार्ने लगायत अनुसन्धानका विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘तर दुर्घटनामा परेर भएको मृत्युलाई गोप्य राख्न खोजिए पनि प्रहरीले थाहा पाएकाले त्यो सम्भव भएन । यदि पोस्टमार्टम नगरिकन अन्त्येष्टि भइसकेको भए दुर्घटनाको सबै प्रमाण नष्ट हुने थियो ।’ उनले प्रहरीलाई जानकारी नदिइ दाहसंस्कारका लागि ‘सुटुक्क’ शव लग्दै घटनालाई ढाकछोप गर्न खोजिएको विषयमा पनि अनुसन्धान अघि बढाइने जानकारी दिए ।
चालकले लाइसेन्सबिनानै चलाउँदा दुर्नाघट मा परेको मोटरसाइकल । यो घटना लाइसेन्स प्राप्त नगरिकन भएको सवारी दुर्घटनाको एउटा उदाहरण हो । काकाले चलाएको मोटरसाइकल दुर्घटनामा भतिजको ज्यान गएपछि चालकलाई कारबाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्येष्टिका लागि अस्पतालबाट ‘सुटुक्क’ शव लैजान खोजेको पाइएको एसपी खड्काले जानकारी दिए ।
‘एकातिर चालकको लाइसेन्स नै रहेनछ । अर्कातिर दुर्घटनामा परिवारका सदस्य गुमाउनु पर्यो,’ उनले भने, ‘लाइसेन्स बिना सवारी चलाउँदा भएको दुर्घटनामा कारबाही पनि बढी हुन्छ । लाइसेन्स होल्डरलाई थोरै सजायको व्यवस्था छ ।’-कोशिअनलाइनबाट।
प्रतिकृया दिनुहोस्