काठमाडौं, २९ फागुन । नेकपा (एमाले)का बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहले पनि सातै प्रदेशका लागि इन्चार्ज तोकेको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको जिम्मेवारी खोस्दै आफू निकटका नेताहरुलाई विभिन्न पदमा मनोनयन गरेपछि नेपाल-खनाल समुहले पनि सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।
जसमा प्रदेश १ इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिइएको छ । त्यस्तैगरी प्रदेश २ इन्चार्ज घनश्याम भुसाल, बाग्मति प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डे, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवाली र सुदुरपश्चि प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
नेपाल-खनाल समूहले चैत्र ४ गते काठमाडौंमा राष्ट्रिय भेलाको अयोजना गर्नेसमेत निर्णिय गरेको छ । सो भेलाले आगामी दिनमा के गर्ने भन्नेबार रणनीति बनाउने बताइएको छ । प्रदेश इन्चार्जहरुले प्रदेशका कामका संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
त्यस्तै स्थायी कमिटी बैठकले युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थीको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।-न्युज२४नेपालबाट।
प्रतिकृया दिनुहोस्