२९ फागुन, काठमाडौं । नेकपाबाट नेकपा एमालेमा आईपुगेको एमाले फुटको संघारमा पुगेको छ ।
नेकपामा हुदा जुन फुटको संभावना थियो त्यो संभावना फेरि एमालेमा आईपुग्दा समेत जिवितै देखिएको छ । सर्वाेच्चको फैसलापछि नेकपा माओवादी केन्द्रबाट मात्र केही नेता बाहिरिउका छन् भने एमाले भने छिन्नभिन्न अवस्थामा पुगेको छ। फागुन २३ को सर्वोच्चको फैसलापछि एक जुट हुने अनुमान गरिएको एमाले, अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयले फुटको बाटोमा लागेको नेताहरुले बताउन थालेका छन् । नेता प्रदीप नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतले एमाले एक हुने सम्भावना अब नरहेको बताएका छन् ।
विधानको बाधा अड्काउ फुकाउँदै माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित उनिहरु निकट नेतालाई घुमाउरो शैलीमा ओलीले कारबाही गरेपछि एमाले फुटको बाटोमा लागेको देखिएको छ । परिस्थिती २०५४ मा पनि यस्तै थियो, जतिबेला एमाले फुटेर बामदेव बाहिरिएका थिए । ०५१ सालको मध्यावधि चुनावपछि सरकार चलाएको एमालेले बामदेव गौतमलाई उपमहासचिव बनायो । पछि सरकार ढलेपछि गौतमलाई पदबाट हटाउने अभियानमा लागे महासचिव माधव नेपाल । तर उल्टै, गौतम, खनाल, सीपी मैनाली लगायतका नेताले महासचिवबाट नेपाललाई हटाउन अभियान नै चलाए । नेपालविरुद्ध अविश्वास प्रस्तावमा उनि इतर पक्षको बहुमत भएपनि नेपालले टार्दै गएपछि खनाल–गौतम पक्ष कमजोर हुँदै गयो । त्यसरी सुरु भएको विवाद ०५३ सालमा महाकाली सन्धी संसदबाट पारित गर्ने बेलामा विभाजनको संघारमा पुग्यो ।
सन्धीको चर्को विरोधमा उत्रिएका गौतमले, आफ्नो खेमाका चौधजनालाई केन्द्रीय सदस्य बनाउन नेपाल र ओली नमानेपछि ०५४ सालको महाधिवेशनपछि एमाले फुटाए । पार्टी फुटाएर सीपी मैनाली लगायतलाई साथमा लिँदै माले को नेतृत्व गरेका गौतम ०५८ सालामा पुनः एमाले मै मिसिएका थिए ।
अहिले पनि एमाले भित्रको कलह त्यही रुपमा अघि बढेको छ । तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डसँग सहकार्य गरेका माधव नेपाल पक्षलाई ओलीले एकतर्फी रुपमा पद बिहिन बनाइदिएपछि नेपाल पक्ष रुष्ट मात्र छैन, एमाले एकता हुन नसक्ने बताउन थालेको छ । सर्वोच्चको फैसलापछि एमाले भित्रै रहेर विवाद समाधान गर्ने मनस्थितीमा फर्किएको नेपाल पक्षलाई वैठकमा सहभागी नै नगराइ उल्टै कारबाही गरेपछि भने ओली इतर पक्षका नेता त्रसितसँगै आक्रोशित भएका छन् ।
लामो समय एमाले कै नेतृत्व गर्दै समानान्तर शक्ति दाबी गर्ने नेपाल र उनि निकट नेताहरुप्रति ओली कठोर ढंगले प्रस्तुत भएपछि माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम सहितका नेता एकताबद्ध हुँदा एमाले फुटको दिशामा अघि बढ्न लागेको जस्तो देखिएको छ ।
महाधिवेशनको मिति तोक्दै ओलीले आफू पक्षीय नेताहरुलाई अवसरसहित नेपाल पक्षीय नेताहरुलाई पदविहीन अवस्थामा पुर्याइदिएपछि एकता हुने संभावना क्षिण बन्दै गएको देखिन्छ । तर विधानत एमालेबाट दल विभाजन गरी अलग्एिर जाने आवश्यक संख्या नेपालपक्षमा नरहदा अबको बाटो यो समूहका लागि कठिन देखिन्छ । नेपाल टाईम्सबाट..
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्