काठमाडौं : उवर चालक शुभकर खड्काका लागि सहयोग संकलनका लागि गोफण्डमीमा सुरु गरिएको खातामा झण्डै ६० हजार डलर उठिसकेको छ भने सो खाता खोलि दिने सायन वेनिष्टरले २० हजार डलर थप गरि दिने भएकी छिन् ।क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा उवर चलाउने शुभकर माथि तीन जना महिला उवरयात्रीले दु’व्र्य व’हार गरेका थिए ।
शुभकरमाथि भएको दु’व्र्य व’हारको भिडियो देखेपछि सहयोगका लागि तत्पर हुने यी सायन वेनिष्टर को हुन् भन्ने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । सायन वेनिष्टरलाई अमेरिकन एन्जेल इन्भेष्टर (जो कुनै नयां व्यवसायका लागि प्रारम्भिक लगानी गरिदिन्छ) का रुपमा चिनिन्छ जो शुभकरले गाडी चलाउने उवरको संस्थापक लगानीकर्ता समेत हुन् ।
उवरले शुभकरलाई जसरी व्यवहार गर्नु पथ्र्यो र क्ष’तिपूर्ति दिनुपथ्र्यो त्यसरी व्यवहार गरेको देखिएन, वेनिष्टरले गोफण्डमीको अपिलमा भनेकी छिन्, उवरले सुरुमा २० डलर दिन खोज्यो र अन्तत १२० डलर दियो, जुन पर्याप्त थिएन, त्यसैले मैले यो अभियान सुरु गर्नुपर्यो । वेनिष्टरले गोफण्डमी मार्फत धेरैलाई सहयोग गरेकी छिन् तर यो उनले आफै अभियान चलाएको पहिलो पटक हो ।
उवर, निनान्टिक, पोष्टमेट्स, डिप माइन्ड, कार्टा, थम्वट्याक, फ्लेक्सपोर्ट, एफर्म र स्पेशएक्सको प्रारम्भिक लगानीकर्ता (एन्जेल इनभेष्टर) रहेकी वेनिष्टर जिभिटी (वयस्क विषयक सामाजिक सञ्जाल)की सह संस्थापक समेत हुन् । सन् १९७७ मा जन्मिएकी र अमे रिका जस्तो ठुलो मुलुकमा उद्यमी तथा लगानी कर्ताको पहिचान वनाएकी वेनिष्टर धनी परिवारकी होलिन् भन्ने धेरैको अनुमान हुनसक्छ तर उनी १५ वर्षको उमेरमा होमलेस (घरवार वि’हीन) भएकी थिइन ।
वेनिष्टर त्यस्तो पहिलो महिला हुन् जसले भेन्चर क्यापिटल फाउन्डर्स फर्ममा पहिलो लगानी गरेर साझेदार वनेकी थिइन्। शुभकरलाई यति ठुलोठुलो सहयोग जुटाइदिन वेनिष्टरको पहिचानले पनि निकै मद्धत पुर्याएको छ एउटा नेपालीका लागि यति गरिदिएकोमा थ्यांक्यु एन्जेल इन्भेष्टर । यो खबर ईनेप्लिजमा किशोर सापकोटाले लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्