Saturday, October 23

नेपाली सेयर मार्केटमा यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँ गो,यस्तो छ भित्रि रह स्य!

March 28, 2021 473

सेयर बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य सर्वाधिक महँगो छ भने त्यो हो युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य अकस्मात बढेर सर्वाधिक महँगो भएको भने होइन । सेयर बजारमा महँगो सेयर भएको कम्पनीको सूचीमा लामो समयदेखि युनिलिभर रहँदै आएको छ । हाल यसको सेयर मूल्य १९ हजार ९ सय रुपैयाँ छ । कुनै समयमा यसको सेयर मूल्य ३५ हजार पार गरेको थियो । नेपाल स्टक एक्सचेन्जमा युनिलिभरको ९ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत छ । यसको बजार पुँजीकरण १८ अर्ब ३२ करोड १९ लाख ३० हजार रुपैयाँ पुगेको छ । सिमित सेयर भएकाले यसको प्रतिफल खानका लागि पनि लगानीकर्ताले बिक्री गर्दैनन् ।

अहिले कम्पनीको प्रतिसेयर आम्दानीमा भने ठूलो गिरावट आएको छ । गत वर्ष ९ सय ७२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेर १ सय ३७ रुपैयाँ (वार्षिक) मा झरेको छ । यसले गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई प्रतिकित्ता सय रुपैयाँ दरले नगद लाभांश दिएको छ ।

यता, राष्ट्रिय बिमा कम्पनी पनि महंगो सेयर भएको कम्पनी हो । यो दोस्रो महँगो सेयर हो । हाल यसको सेयर मूल्य १८ हजार सात सय रुपैयाँ छ । हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो दोस्रो त्रैमाससम्मको अवस्था हो । यसको प्रतिसेयर आम्दानी १ सय ३ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार २ सय ३९ रुपैयाँ १ पैसा छ ।

नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको २६ लाख ६६ हजार ३ सय ३५ कित्ता सेयर सूचीकृत छ । यसको बजार पूँजीकरण ४९ अर्ब ८६ करोड १० लाख २५ हजार ५ सय रुपैयाँ छ ।

अर्को महँगो सेयर भएको साल्ट ट्रेडिङ कम्पनी हो । यसको सेयर मूल्य अहिले १३ हजार २ सय ३५ रुपैयाँ प्रतिकित्ता छ । यसले लगानीकर्तालाई अघिल्लो वर्ष ३५ प्रतिशत लाभांश दिएको थियो । साल्ट ट्रेडिङको १९ लाख २० हजार २ सय ४६ कित्ता सेयर सूचीकृत छ । २५ अर्ब ४१ करोड ४४ लाख ५५ हजार ८ सय १० रुपैयाँ बजार पुँजीकरण छ ।

यता बोटलर्स नेपाल तराईको पनि सेयर मूल्य साढे ९ हजार प्रतिकित्ता छ । यो कोकाकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । हिमालयन डिस्टिलरीको सेयरको बजार मूल्य ४ हजार १ सय ५० रुपैयाँ छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय अवस्थालाई हेर्दा यसको वार्षिक प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ । नेप्सेमा यसको ८६ लाख ७ठ हजार कित्ता सेयर सूचीकृत छ । महँगा सेयर भएपनि यी कम्पनीहरुले दिने प्रतिफल भने आकर्षक देखिदैन ।

सिमित लगानीकर्ताको हातमा महँगो सेयर, मूल्य आफै बढाउँछन् : विज्ञ डा. श्रेष्ठ यी कम्पनीको सेयर सिमित लगानीकर्ताको हातमा मात्र भएकाले उनीहरुले मूल्य आफै बढाउने सेयर बजारका जानकार डा. केशव श्रेष्ठ बताउँछन् । राष्ट्रिय बिमा कम्पनी र साल्ट ट्रेडिङ कम्पनी सरकारी स्वामित्वका कम्पनी हुन् । यसको सप्लाइ सिमित छ । यता साल्ट ट्रेडिङको पनि सिमित सप्लाइ छ ।

साल्ट ट्रेडिङ र बिमा संस्थानको सेयरको माग र आपूर्तिको सन्तुलन मिल्न नसकेको डा. श्रेष्ठको बुझाइ छ । सप्लाइ कम हुँदा आर्कषण बढी भइ मूल्य बृद्धिमा सधै महँगो सेयरमा यी कम्पनीको सेयर गणना हुने गरेको उनको तर्क छ ।

हुन त नराम्रो कम्पनीको पनि लाभांश नदिएकै कारण उसको सेयर मूल्यमा खासै गिरावट आउँदैन । लगानीकर्ताले अर्को वर्ष दोब्बर लाभांश पाउने आश गर्छन् । बोनस सेयर र हकप्रदका कारण पनि सेयरको मूल्य खासै घट्दैन ।

बोटलर्स नेपाल तराईको पनि सप्लाई कम छ र लाभांशको तालमेल छ । युनिलिभर​को सेयर मानिसले धेरै किन्न सक्दैनन् । यसको सेयर पनि सिमित मानिसको हातमा छ । मूल्यको कारणले सप्लाई कम छ । युनिलिभर मूल्य हल्लाहल्लामै नजानीकन बढेको विज्ञ श्रेष्ठ बताउँछन् । यी कम्पनीहरुको सेयर खासै किनबेच पनि हुँदैन ।

सातामा नेप्से करिब ३ प्रतिशत बढ्दा कुन उपसमूहको परिसूचक कति बढ्यो? गत साता सामान्य उकालो लागेको नेप्से परिसूचक यस साता करिब ३ प्रतिशत बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २४७५.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९८ प्रतिशत अर्थात ७३.८७ अंक बढेर २५४८.९६ विन्दुमा पुगेको छ।

गत साता सामान्य उकालो लागेको नेप्सेलाई भोल्यूमले साथ दिएको थिएन। बजार बढेपनि पर्याप्त भोल्यूम नभएका कारण लगानीकर्ताहरु केही अन्योलमा थिए। तर, साताको पहिलो कारोबार दिन नै करिब ६ अर्बको कारोबार भएपछि लगानीकर्ताहरुको मनोबल बढेको थियो। फलस्वरुप यस साता समग्रमा नेप्से करिब ३ प्रतिशत बढ्न पुग्यो।

यस साता सेन्सेटिभ इण्डेक्स १.३९ प्रतिशत अर्थात ६.१६ अंक बढेर ४५०.३१ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स २.८९ प्रतिशत अर्थात ४.९२ अंक बढेर १७४.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ प्रतिशत अर्थात २.१९ अंक बढेर १४६.४६ विन्दुमा पुगेको छ।

यस साता नेप्सेमा कुल २९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यो अघिल्लो साताको सोही अवधिको तुलनामा ४३.५४ प्रतिशत अर्थात ८ अर्ब ९७ करोड रुपैयाँ बढी हो। गत साता बजारमा २० अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।

नेप्सेसँगै यस साता बजार पूँजीकरण पनि बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ३४ खर्ब १७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ३५ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। यसअर्थमा यस साता लगानीकर्ताहरुको सम्पत्ती १ खर्ब २ अर्ब रुपैयाँ बढेको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको मात्र घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २६.०६ प्रतिशत बढेको छ। गत साता २८६८.२८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ७४७.३४ अंक बढेर ३६१५.६२ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। यस साता सो उपसमूहको परिसूचक सर्वाधिक ८९९.१५ अंक बढेको छ।

कारोबारमा आएको अन्य उपसमूहको परिसूचक भने यस साता ०.०५ प्रतिशत अर्थात ०.९० अंक घटेको छ। फ्लोरसिट विश्लेषण गर्दा यस साताको मोस्ट पपुलर बाइङ्ग स्टकको सूचीमा लक्ष्मी इक्विटी फण्ड, युनिलिभर नेपाल, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीहरु परेका छन्। साताको मोस्ट पपुलर सेल स्टकमा भने बैंक अफ काठमाडौँ, कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल लगायतका स्टक परेका छन्।

प्रतिकृया दिनुहोस्