Tuesday, October 26

बिचरा के थाहा यस्तो होला भन्ने ,खाल्डा भएको साँघुरो सडकले लियो एउटै परिवारका ३ जनाको ज्यान, बि चरा खाना खान जादै थिए

March 29, 2021 645

गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए। पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठो’क्कियो। दु’र्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृ’त्यु भयो।

गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दु’र्घटनामा ज्यान गुमाए। मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।

‘भाउजु भ्रमणका लागि चरिकोट जानुभएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दु’र्घटना भएछ,’ मृ’तकका आफन्त दीपक दवाडीले भने, ‘भतिज पनि सँगै थिए उनी क’टिहालेछन्, दुबैतर्फ खा’ल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनुभएन।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार चितवनको सडकमा पछिल्लो समयमा भइरहेका सवारी दु’र्घटनामध्ये यो दु’र्घटना भ’यानक हो। ‘मैले चितवनमा काम सुरू गरेको डेढ वर्षमा यति ठूलो दु’र्घटना भएको थिएन,’ उनले भने, ‘मा’पदण्डविपरीत निर्माण भएका, निर्माणाधीन र जीर्ण अवस्थामा पुगेका सडकका कारण सवारी दु’र्घटना भने निकै बढेर गएको छ।’

पछिल्लो दु’र्घटना भएको सडक सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयको योजनाअन्तर्गतको भरतपुर-माडी-ठोरी हुलाकी राजमार्गको हाकिमचोक-गीतानगर-पकौडी खण्ड हो। यसको बिस्तारको काम सडक डिभिजन कार्यालय भरतपुरले गरिरहेको छ। यो सडक विस्तारको काम २ वर्षभित्र सक्ने गरी गत जेठ २९ गते एम.एस लामा/शिवशक्ति जेभी काठमाडौंसँग सम्झौता भएको थियो।

सम्झौतायता उक्त कम्पनीले सडकको दुईतर्फ खन्ने काम गर्‍यो। पहिलेबाटै साँ’घुरो सडक दुईतर्फ ९/९ फिट चौडा र ४ फिट गहिरो खाल्डो खनेपछि थप साँ’घुरो बनेको छ। खाल्डो खनेपछि यो सडकमा अरू काम केही भएको देखिँदैन। सवारी साधनहरु जो’खिम मोलेर यो सडकमा यात्रा गर्न थालेको महिनौं भयो।

मृ’तक अधिकारीका आफन्तले सडकको दु’रावस्थाकै कारण उनीहरूले ज्यान गु’माएको दा’बी गरे। ‘यो सडकमा सुरू भएको काम तुरून्तै पूरा गर्नुपर्‍यो, खाल्डो बनाएर छाड्दा दु’र्घटनाको जो’खिम हुन्छ भनेर हामीले पटक-पटक सरोकारवालाको ध्यानाकर्षण गराउने गरेका थियौं तर हाम्रो कुरा कहिल्यै सुनेनन्,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘ठेकेदारको ला’परबाहीका कारण आज यो अवस्था आएको छ।

यसको जिम्मा सम्बन्धित निकायहरूले लिनुपर्छ।’ उनले दु’र्घटनाको कारण सडक नै भएका कारण वडा, महानगर, ठेकेदार र सडक कार्यालय सबैलाई वि’पक्षी बनाएर प्रहरी कार्यालयमा उ’जुरी दिने तयारी गरेको बताए। ‘यो अस्वभाविक दु’र्घटना हो। सडक निर्माणकर्ताको लापरबाहीकै कारण यो दु’र्घटना भएको हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो हुन नदिन पनि हामी उनीहरूका वि’रूद्ध ’दिँदैछौं।’

स्थानीयवासीले पनि सडकमा खाल्डो खनेर अलपत्र छाडिँदा दु’र्घटना बढेको भन्दै विरोध गर्दै आएका छन्। धनौजी-पकौडी बजार व्यवस्थापन समितिका अध्यक्ष अपिल घिमिरेले अलपत्र अवस्थामा छाडिएको योजनाले दु’र्घटनाको त्रा’स बढेको बताए। ‘हामी यस विषयमा सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘सुनुवाइ नभए चरणवद्ध आ’न्दोलन गर्ने तयारी छ।’

घिमिरेले सडक खनेर छा’डिएपछि हरेक दिनजसो दु’र्घटना भइरहेको बताए। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उक्त सडक निर्माणमा भइरहेको ढिलाइबारे कारण खोजिरहेको बताए। ठेकेदार र सडक कार्यालयका प्रमुखलाई बोलाएर तत्काल निर्माण थाल्न सडक निर्माणका लागि निर्देशन दिन लागेको उनले बताए।

‘ठेक्का लिएर काममा ढिलासु’स्ती गर्नेलाई यसै छा’डिन्न, उनीहरुले जोखिम नहुनेगरी समयमै काम सक्नुपर्छ, नसक्ने भए छो’ड्नुपर्छ,’ उनले भने, ‘म यस विषयमा कडा रूपमा जाँदै छु।’ट्राफिक प्रहरी निरीक्षक भट्ट घ’टनाको प्रकृति र सडकको अवस्था हेर्दा शनिबार साँझ उक्त स्थानमा स्कुटरलाई जोगाउन खोजेको भए यात्रुवाहक बसमा झन् ठूलो क्ष’ति हुने देखिएको बताउँछन्।

‘सडकको दुई छेउमा खनिएको खाल्डोका कारण सहज रूपमा सवारी साधन क्रस हुन पनि नसक्ने अवस्था छ,’ उनले भने, ‘दुवै सवारी साधन तीव्र गतिमा हुँदा दुर्घटना भयो।’ उनले सडक विस्तारका लागि भनेर खनेको खा’ल्डोका कारण सवारी साधन आधा मिटरमात्रै यताउता हुँदा पनि दु’र्घटना हुने अवस्था रहेको बताए।

सडक निर्माणका क्रममा तत्काल काम गर्न सकिने क्षेत्रमा मात्रै सडक खनेर काम गरिहाल्नु पर्नेमा सबै क्षेत्रमा खनेर लामो समय यसै छाड्दा जो’खिम बढेको भन्दै उनले यस विषयमा ट्राफिक प्रहरी कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको बताए।

चितवनमा विगतमा नारायणगढ-मुग्लिन सडकमा दु’र्घटना निकै हुने गर्थ्यो। तर उक्त सडक नयाँ बनेपछि दु’र्घटना घटेको छ। पूर्व-पश्चिम राजमार्गको पूर्वी चितवनको सडक र भित्री सडकमा भने दुर्घटना बढ्दै गएको छ। ‘नारायणगढ-मुग्लिन सडक मा’पदण्डअनुरूपको बनेका कारण दु’र्घटना घट्यो तर पूर्व-पश्चिम राजमार्ग जिर्ण बन्दैछ, मापदण्डअनुसारको छैन, सवारी चाप बढ्दो क्रममा छ।

भित्री सडकहरू पनि धमाधम बनिरहेका छन् तर अधिकांश मा’पदण्डअनुसार बनेका छैनन्,’ उनले भने, ‘सँगै सडक अनुशासनलाई चालकले पालना नगर्दा पनि दु’र्घटना बढेको छ।’ पछिल्लो समयमा दुई पांग्रे र तीन पांग्रे सवारी साधनको संख्या बढेर सडक निकै व्यस्त हुन थालेको भट्टले बताए। यसले गर्दा दुर्घटना पनि बढ्दै गएको उनले बताए।

‘हामीले हरेक महिना ४ देखि ५ हजार सवारी साधनका चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही गर्ने गरेका छौं। यो क्रम हरेक महिना बढ्दो छ,’ उनले भने, ‘सवारी साधनको बढ्दो चाप र नियम उल्लंघनको बढ्दो क्रमले दुर्घटना निम्त्याएको छ।’

सवारी चाप बढ्दै जाँदा ट्राफिक प्रहरीको ज’नशक्ति भने उस्तै रहेको र सबै क्षेत्रमा ध्यान दिन नसक्दा दु’र्घटना नियन्त्रण हुन नसकेको उनले बताए। चितवनमा पछिल्लो एक हप्तामा भएका सवारी दुर्घटनामा ५ जना युवायुवतीको मृ’त्यु भएको थियो। अघिल्लो शुक्रबार र शनिबार भएको दु’र्घटनामा २ जना युवती स्कुटरमा सवार थिए भने १ युवक मोटरसाइकलमा सवार थिए।

गत शुक्रबार दिउँसो भरतपु- ९ स्थित केन्द्रीय बसपार्कमा ट्रकले स्कुटरलाई पछाडिबाट ठ’क्कर दिँदा गैंडाकोटकी २१ वर्षीया रिता शर्माको मृ’त्यु भएको। सोही दिन बिहान कालिका नगरपालिकामा ट्रयाक्टरले ठ’क्कर दिँदा स्थानीय २८ वर्षीय युवतीको मृ’त्यु भयो ।गत बुधबारमात्रै नारायणगढ-मुग्लिन सडकमा ट्रकमा कार ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको थियो।

‘दु’र्घटना कम गर्न स’चेतना गर्ने हो दु’र्घटना हुन नदिन सम्बन्धित चालक आफैं पहिलो जिम्मेवार पक्ष मानिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने, ‘दुर्घटना बढ्दै गर्दा त्यसैको अनुपातमा सतर्कता अभियान पनि चलाएका छौं तैपनि दु:’खद खबर सुनिरहनुपरेको छ।’सेतो पाटि

प्रतिकृया दिनुहोस्