काठमाडौं – अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालक रहेका छन् ।
फेसबुक ह्याक गरी रकम माग गरेको अभियोगमा बालकलाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।
गएको हप्ता दीपकराज गिरीले दीपाश्रीसहित कलाकार सरोज खनालको फेसबुक ह्याक भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनले ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको पनि बताएका थिए ।
आफ्नो फेसबुक ह्याक गर्ने पक्राउ परेपछि दीपाश्रीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । उनले आफुले फेसबुक पाएको बताउँदै पठाईएका गलत म्यासेजहरूले कसैलाई केहि अफ्ठ्यारो पर्न गएको भएमा माफ़ी मागेकी छिन् ।
उनले भनेकी छिन् – ‘गत हप्ताको बिहीबार March 25 मा मेरो लगायत सरोज दाई,शुसील जी को Facebook Account Hack गरेर Hackerले हाम्रो Messengerबाट घेरै जना संग Chat गर्दै पैसा मागेको रहेछ। Cyber Bureau को मद्दतले आज १२ दिन पछि यो Facebook Account फेरी Retrieve हुन सफल भएको छ। Hacker द्वारा पठाईएका गलत Messageहरूले यदि कसैलाई केहि अफ्ठ्यारो पर्न गएको भएमा हामी यहि post मार्फ़त माफ़ी माग्न चाहन्छौ ‘ – तस्विर: सांकेतिक।
प्रतिकृया दिनुहोस्