Sunday, April 2

भोली सोमबारे औंसीको रात,गर्नुहोस चुप-चाप यो एउटा कार्य लाभ मिल्छ।

April 11, 2021 1055

भोली सोमबारे औँशी। नुहाउने र दानपुण्य गर्ने दिनको रुपमा यो औसीलाई विशेष दिनका रुपमा लिने गरिन्छ। हिन्दू संस्कृतिमा साउन महिनाभर नै शिवको आराधना गरिन्छ।

सोमबार त झन् शिवको विशेष दिन, त्यसमाथि सोमबारे औँशी परेको दिन भएकाले बिहानै नुहाइधुवाइ, पूजाआजा गरेर ब्रत बस्ने चलन रहिआएको छ।

गाउँघरमा ‘सोमबारे औँसी के बार पर्यो, काटेको बाख्रो के कालले मर्यो’ भन्ने उखान पनि प्रचलित छ। विशेष दिनको चर्चा गर्न र समझनका लागि पनि यस्तो भनाई प्रचलनमा ल्याइएको हुन सक्छ। प्रचलित फरक फरक भए पनि यसको धार्मिक महत्व भने उँचो छ।

सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंसी पर्दछ। हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। यो वर्षको अन्तिम सोमबारे औंशी भोली परेको छ ।

तसर्थ भोली यो एक कार्य गर्नुहोस तपाईँलाई धेरै नै फाईदा पुग्दछ । १)घाम उदाउनु भन्दा पहिले नुहाउनुहोस, २)कसैसँग नबोली नुहाउनुहोस, ३)सक्नुहुन्छ भने मौन ब्रत बस्नुहोस ।

प्रतिकृया दिनुहोस्