Sunday, April 2

झनै महंगियो सुनको : प्रतितोला साढे १२ हजारले बढ्यो, हेर्नुहोस्

April 13, 2021 1525

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १२ हजार ५ रुपैयाँले महँगो भएको छ । एक वर्षको अवधिमा सुनको मूल्य उक्त रकमले वृद्धि भएको हो ।

गत वर्षको चैतदेखि ७७ चैत अन्त्यसम्म आउँदा छापावाला सुनको मूल्य तोलाको साढे १२ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । देशव्यापी लकडाउन भएपछि बैशाख महिनामा कारोबार पूर्ण रुपमा बन्द भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अघिल्लो चैत महिनामा जम्मा १० दिन मात्र कारोबार भएको थियो । लकडाउन विचमा केही दिन खुलेसंगै जेठ महिनामा भने एक हप्ता मात्रै व्यवसाय संचलान भएको थियो ।

गत वर्षको जेठ महिनामा २५ गतेदेखि ३१ गतेसम्म कारोबार भएको थियो । उक्त महिनामा छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैयाँमा कारोबार महासंघले जानकारी दिएको छ ।

विस्तारै व्यवसाय संचालनमा आउन थालेपछि कारोबार पनि खुलेको थियो । कारोबार तथा व्यवसाय खुलेसंगै जेठ महिनापछि भने विस्तारै उकालो लाग्नेक्रम सुरुभएको थियो ।

असार महिनाको अवधिभर नै कारोबार भएको सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै आकासिन थालेको हो । सुनको मूल्यले साउन २१ गते ऐतिहासिक रेकर्ड बनाउँदै पहिलो पटक १ लाख नाघेको थियो । साउन महिनाको ६ कारोबार दिन सुनको भाउ १ लाख भन्दा बढी मूल्यमै खरिदविक्री भएको थियो ।

नेपाली इतिहासमा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । भदौ महिनामा पनि १ लाख हाराहारीमै कारोबार भएको महासंघले जनाएको छ । उक्त महिनामा १ लाख ४ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसैगरि असोज र कात्तिक महिनामा पनि लाखकै वरिपरिमै कारोबार भएको छ । लगनको सिजन मानिने मंसिर, पुस र माघ महिनामा पनि ९० हजार आसपास पुगेको महासंघले जनाएको । यी तीनै महिनामा ९५ हजार रुपैयाँसम्म पुगेको र ९० हजार भन्दा तल आएको छैन ।
त्
महासंघका अनुसार फागुनमहिनामा भने प्रतितोला ८५ हजारको वरिपरि आएको छ । उक्त महिनामा ८९ हजार रुपैयाँ भन्दा माथि जान सकेको छैन । यस वर्षको अन्तिम महिनाको अन्तिम दिनसम्म आईपुग्दा सुनको भाउ ८९ हजार ५ रुपैयाँ पुगेको छ ।

यस्तै, एक वर्षको अवधिमा चाँदीको मूल्य पनि ५ सय ४० रुपैयाँले वृद्धि भएको छ । गत वर्षको चैत महिनादेखि अहिलेसम्मको तुलनामा चाँदी भाउ उक्त रकमले वृद्धि भएको हो ।

गत चैतमहिनाको अन्त्यमा प्रतितोला ७ सय २० रुपैयाँसम्म पुगेको चाँदीको मूल्य एक वर्षमा अर्थात यो चैतसम्म आउँदा १२ सय ६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । -अर्थतन्त्रबाट

प्रतिकृया दिनुहोस्