Tuesday, March 21

विज्ञहरू भन्छन्: ”यी हुन् कोरोना संक्रमणका ५ खतरना क लक्षण, जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छ”

April 21, 2021 1687

काठमाडौं- भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ।

यस अवधिमा १ हजार ७ सयभन्दा बढी संक्रमितको मृ’त्यु भएको छ। छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाबाट हुने संक्रमण र मृ’त्यु दर दिनप्रतिदिन बढिरहेको छ। विज्ञका अनुसार अहिले कोरोना संक्रमणका नयाँ–नयाँ लक्षण पनि देखापरिरहेका छन्।

यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका हृदयरोग विशेषज्ञ डाक्टर एस.सी. तिवारीले कोरोना संक्रमणका ख’तरनाक ५ लक्षणबारे बताएका छन्। भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उपयोगी हुन सक्ने भएकाले यहाँ प्रस्तुत गरिएको हो:

१. सा’स लिन गाह्रो : सास लिन गा’ह्रो हुनु कोरोना संक्रमणको प्रमुख र ख’तरनाक लक्षण हो। यदि तपाईं कोरोना संक्रमित हुनुहुन्छ भने ध्यान पुर्याउनुस्, किनकि सास लिन गाह्रो भयो भने ज्यानै जाने जो’खिम पनि आउन सक्छ। यसकारण यस्तो लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ।

२. अक्सिजनको मात्रा कम हुनु : कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्रामा निकै नराम्रो प्र’भाव पार्छ। हाल धेरैजसो संक्रमितमा अक्सिनको स्तर कम देखिएको छ, जसले गदाृ उनीहरू अस्पताल भर्ना हुन बा’ध्य भइरहेका छन्। यीमध्ये कतिपयको मृ’त्युसमेत भइरहेको छ। यसकारण सतर्क हुन जरुरी छ।

३. छातीको दु’खाइ : छातीमा कुनै पनि किसिमका दु’खाइलाई बे’वास्ता गर्नु हुँदैन। यो पनि कोरोनाका ख’तरनाक लक्षणमध्ये एक हो। तपाईंमा यस्तो लक्षण देखिएको छ भने तुरुन्त अस्पताल जानुस्। ४. सजिलो काम पनि कठिन लाग्नु : कोरोना संक्रमणले मस्तिष्कको काम गर्ने क्षमता र स्नायु प्रणालीमा पनि असर पार्छ।

धेरै संक्रमितमा भ्रम, बेचैनी र बे’होसीजस्ता लक्षण पनि देखिएका छन् । विशेषज्ञका अनुसार यदि तपाईंलाई कोरोना संक्रमण छ र स’जिलो काम गर्न पनि क’ठिनाइ म’हसुस भइरहेको छ भने अथवा बो’ल्न गा’ह्रो भइरहेको छ भने तु’रुन्त अस्पताल जानुपर्छ।

५. ओंठ नीलो दे’खिनु : कोरोना संक्रमित व्यक्तिको छाला वा ओंठ नीलो दे’खियो भने सामान्यतया यो र’गतमा अक्सिजनको मात्रा कम भएको संकेत हो । यस्तो लक्षण देखियो भने सतर्क हुन ज’रुरी छ र तुरुन्त अस्पताल जानुपर्छ।

प्रतिकृया दिनुहोस्