Friday, October 22

कोरोना संक्र, मित पूर्वराज दम्पतीको बारेमा अस्पताले दियो यस्तो जानकारी-(भिडियो सहित)

April 27, 2021 474

काठमाडाैं- कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन दिएर उपचार गरिरहेको नर्भिक अस्पतालले जानकारी दिएको छ।

कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो।

‘कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ अस्पतालले भनेको छ। साथै, उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ।

उपचारमा संलग्न चिकित्सकहरुले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको बताएका छन्। उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरु तीनै जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ४२२४ जना कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ४३६४ जना र एन्टिजेन विधिबाट १६० जना गरि कुल ४२२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १४६४२ जनाको पीसीआर परिक्षण गरिएको छ भने १००९ जनाको एन्टिजेन बिधिबाट परिक्षण गरिएको छ ।यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।

उता दाङमा लकडाउनको घोषणा गरिएको छ । कोरोना संक्रमण जटिलता तर्फ उन्मुख हुदै गएपछि प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय पारित गरेको हो ।

बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो ।स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले बैशाख १७ गते देखी २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको हो ।

दैनिक कोरोना संक्रमितहरु बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएको छ ।खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ । भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्