काठमाडौ । पूर्व सभामुख कृष्णवहादुर महराको छोरी पहिलो पटक आफ्नो बुवालाई लागेको आरोपका बारेमा बोलेकी छन् । उनले अहिले महिलाका तर्फवाट आएका कति घटनाहरुमा महिला नभएर पुरुष पी डि त भएको देखिएको पनि बताएकी छन् ।
रोशनी शाहीले महरालाई लगाएको आरोप अहिले अदालतले गलत पुष्टि गरेको छ । यद्धपी रोशनीको आरोपका कारण महराले सभामुखवाट राजिनमा दिएका थिए । अनुसन्धानका लागि उनलाई पक्राउ समेत गरिएको थियो ।
केही महिना जे ल बसेका महराले सफाइ पाए पछि रिहा भएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दावी गर्दै आएकी बालिका खड्काले नेकपा एमालेको पार्टी कार्यालय अगाडी गरेको बवालका विषयमा प्रतिकृया दिँदै आफ्नो बुवाको कुरा जोडेकी हुन् ।
उनले बालिकालाइ यस्तो आरोप लगाउन बन्द गर्न भनेकी छन् । अदालतमा मैले अरुको उक्साहटमा आरोप लगाएकी थिए भनेर मु द्दा फिर्ता लिइसकेपछि यस्तो ब्यवहार गर्न नमिल्ने बताएकी छन् ।
यदि गलत भएकै थियो भने अदालतवाट मु द्दा फिर्ता नहुने उनको भनाई छ । बालिकाको दिमागी हालत ठिक छैन भनेर आलोचना गर्नेहरुलाई पनि उनले जवाफ दिएकी छन् । उनी कृष्णबहादुर महराको भतिजी भएपनि बुवा भन्ने गरेको बताएकी छन् ।
रोशनीले महरालाई लगाए जस्तो आरोप आफ्नो भान्जालाई पनि लगाएको आफुले थाहा पाएको बताएकी छन् । मेरो बुवालाई जे आरोप लागेको थियो अहिले फेरी भान्जालाई पनि त्यस्तै आरोप लगाएको आफुले मिडियामा देखेको बताएकी छन् ।
तलको भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्