Saturday, April 1

भोलिदेखि काठमाडौं उप त्यकामा निषेधाज्ञालाई थप क, डाइ गर्न सीडीओको बैठ, क बस्दै

May 1, 2021 1433

काठमाडौं । निषेधाज्ञालाई थप कडाइ गर्ने बारेमा निर्णय गर्न आइतबार काठमाडौं उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

विहिबारदेखि लागु भएको निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्णय गरिने जानकारी उनीहरुले दिएका छन् ।

बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय संचालन गर्दा भीड बढेको भन्दै यी क्षेत्रलाई पनि नियमन गर्ने निष्कर्ष उनीहरुको छ ।

सरकारी कर्मचारीको संख्या कटौती गर्ने र बैंक तथा वित्तिक संस्थामा एक चौंथाइ कर्मचारीले मात्र संचालन अनुमति दिने गरि निर्णय गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दिए ।

भोलिदेखि ती संस्थालाई कडाइ गरेर निषेधाज्ञालाई प्रभावकारी बनाउने विचारमा छौं’ पराजुलीले भने । शनिबार सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलेको पाइएकाले अबदेखि ती निकायकै सिफारिसमै गाडी चलाउन अनुमति दिइने पराजुलीले बताए ।

प्रेस पासको हकमा अहिले सम्बन्धित संचारमाध्यमको परिचयपत्रलाई अनुमति दिइएपनि सूचना विभागकै पासलार्ई अनिवार्य गर्ने बारेमा पनि छलफल भैरहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्