Sunday, April 2

अरवीकी छोरी जिस्का’एको भनेर अरबिले झन्डै मारेन, “आना नफर जदिद, कुल्लु नफर माफी मालुम..” भन्दै माफी मागे त्यसपछी ..

May 4, 2021 1534

भगवान घिमिरे, भर्खरै कतार आएका थियौं । रहनसहन केही थाहा थिएन । अलखोर भन्ने शहरको भिल्ला नम्बर ५ मा ३५ जना बस्थ्यौं । एक दिन ४/५ जना चार तल्ला माथि छतमा बसेर भुइँतल्लाको किचेनमा खाना बनाइरहेका साथीहरुसँग अलि च’र्को स्वरमा कुरा गरिरहेका थियौं । यत्तिकैमा पारिपट्टिको छतमा रहेकी एउटी केटीले अरबी भाषामा हामीलाई झ’पार्न थाली । उसले सम्झिछ कि हामीले उसलाई जि’स्क्याउँदै छौं । रि’सले भु’त्भुताउँदै तल झरी । फेरि उसकी आमा छतमा आएर गाली गर्न पो लागिन् । गालीले सातोपुत्लो उडेर हामी तल भुइँतल्लामा झर्‍यौं ।

हामीलाई न त अरबिक नै आउँथ्यो, नत अंग्रेजी नै । त्यसैले हामी कुनै सफाई दिन लागेनौं । केहीबेर पछि एकजना अरबी ल्याण्डक्रुजर गाडीमा आएर हाम्रो गेट बाहिर आएर हर्न बजाउन थाल्यो । साथीहरु ड’रले थ’र्कमान भैहाले । हामीले अनुमान लगायौं, ती महिलाले बुढालाई भनिछ र बुढो चैं हामीलाई झ’पार्न आयो । उसले गाडीमै बसेर गा’ली गर्न थाल्यो । पुलिस बोलाउने जस्तो कुरा गरेझैं लाग्यो । अब यो यत्तिकै जाँदैन गएर माफ मागौं भनेको, सबै साथी ड’राए । जब’र्जस्ती गाडीमा हालेर पुलिसमा लग्यो भने, कु’ट्यो या कम्पनीको अफिसमा पुर्‍याउला भनेर साथीहरु डरा’एका थिए ।

बरु भगवान दाइ तपाईं आफै जानु भने । म गएँ । मैले उसँग नम्र भएर माफ मागें । अंग्रेजी र अरबिक मिसाएर ‘आना नफर जदिद, सुनु मुस्किला कुल्लु नफर माफी मालुम, आना कलाम सदिक, माफी इन्त फेमिली, सरी बोस’ भन्दै जे कुरा भएको हो स्पष्ट पार्न खोजें । त्यति गर्दा पनि गा’ली गर्न छाडेको छैन । कुन देशको हौ भनेर सोध्यो । नेपालका हौं भनें । मैले छत र किचेनमा देखाउँदै हातको इशाराले हामी साथी साथी कुरा गरेको हो, तिम्रो परिवारसँग बोलेको हैन भनें । अरबमा यस्तो गर्न हुन्न भन्ने आफूहरुलाई जानकारी भएको पनि बताएँ ।

अन्त्यमा कुन कम्पनीको कामदार भनेर सोध्यो । मैले ग्रुप फोर हो भनें । उसले म्यानेजरको नम्बर माग्यो । तर म्यानेजरको नदिएर प्याट्रोलिङ्ग सुपरभाइजरको नम्बर दिएँ । त्यसले सिधै पुलिसमा क’म्प्लेन नगर्ने रहेछ भनेर ढुक्क भइयो । भन्न त त्यसले तिमीहरुलाई पुसिसमा क’म्प्लेन गर्छु भन्दै थियो । त्यसदिन पछि छतमा जाने ढोकामै चाबी लगाएर बन्द गर्‍यौं । छतमा जान नै बन्द भयो । केही पर अलखोर मार्केट थियो । खासै टाढा नभएकाले हामी सपिङ्ग गर्न पैदल नै जान्थ्यौं । तर बाटोमा अरबिकका ८/१० वर्षका बद’मास छोराहरुले बाटोमा हामीलाई देखेपछि ढुंगा टि’पेर हा’न्न थाल्थे ।

तिनीहरुलाई समातेर एक प’ट्को लगाउँ भन्दा आफ्नो बाउआमालाई कुरा लगाउला भन्ने ड’र थियो । उनीहरुलाई केही भइहाल्यो भने हाम्रो फिंगर प्रिन्ट आउँछ र फेरि अर्को लफ’डा लागेर कतिन्जेल जे’ल बस्नु पर्ने हो । यस्तै ड’र’ले उनीहरुलाई टाढैबाट ह’प्काउँ’दै आउजाउ गथ्र्यौं । अरबमा यस्ता कुरामा हाम्रो सुनुवाई हुँदैन । निर्दोष हुँदा हुँदै पनि भाषा नमिलेकै कारण जे’ल परेका कुरा सुनेकाले हामी उनीहरुको नजिक खासै पर्दैनथ्यौं । त्यसैले अरबी देशहरुमा आउने साथीभाइले यस्ता कुरामा निकै हो’सियार हुनुपर्ने रहेछ । उज्यालो अर्काईभ बाट/ तस्वीरहरु सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल

 

प्रतिकृया दिनुहोस्