पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । आज २०३६७ जनाको पिसीअर र ७७५ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।
जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा नि’षेधाज्ञा जारी गरिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं. ११३३ तथा मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
मन्त्रालयले सूचना प्रकाशित गरी बि’रामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा उल्लेखित टोल फ्रि र मोबाइल नम्बरमा सम्मर्क गर्न आग्रह गरेको हो। संक्रमणको दोस्रो भेरियन्ट फै’लिएर बि’रामी बढ्न थालेपछि अहिले देशभरि श’य्याको अ’भाव रहेको छ।
बुधबार मात्र ८ हजार ६५९ जना संक्रमित भएका थिए भने ५८ को नि’धन भएको थियो। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। २४ सै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रतिकृया दिनुहोस्