बिहीबार निध’न भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निध’नप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहि’रो दुःख ब्यक्त गरेका छन् । कोरोनाको सं’क्रमण ठिक भएपनि स्वस्थ्य अव’स्थामा राम्रो सुधार नआएका कारण हाल अस्प’तालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको नि’धनमा दुःख व्यक्त गरेका हुन् ।
हाई मेरो प्यारो प्रेम’ध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ, तिमीलाई भन्दै सुरु गरेको स्टाट’समा उनले अगाडि लेखेका छन्–‘२०२६ सालमा कवि दुर्गा’लाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियो’गितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढा’एको थिएँ मैले । मैले आफ्नो जीव’नलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्य’मानी सम्झेको छु ।’
प्रधानको निध’नको खबरमा आफुले आँसुका धा’रा थाम्न नसकेको समेत स्टाटसमा उल्लेख गरेका श्रेष्ठले प्रधा’नको तस्बिर हेरेर मन बुझाउनु बाहेकको अहिले अर्काे विक’ल्प नरहेको समेत बताएका छन् ।
यस्तो छ श्रेष्ठ’को स्टाटस:
हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,
हार्दिक श्रध्दा’ञ्जलि छ तिमीलाई,
2026 सालमा कबि दुर्गा’लाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीत’को क्षेत्रमा पाइला अगाडी बढाएको थिएँ मैले।
कसैको आँखामा पनि नबि’झाउने मान्छे तिमी।
मनमा मानब’ता भएको ब्यक्ति तिमी
कसैको कुभलोको शब्द नबोल्ने हृदय’मा भगवान भएको गायक तिमी। मैले आफ्नु जीव’नलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झे’कोछु
म फेरि मेडीसिटि हस्पि’टलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।
चाँडै निको’हुनेछु र निको भएर हस्पिटलमा या बागब’जार घरमा तिमीलाई भेट्न आउने सोँ’चाईमा थिएँ
तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँ’सुका धारा थाम्न सकिंन दाई ।
“गोरेटो त्यो गाउँको लौन आज”भन्ने गीत कानमा ठूलो ठूलो आवा’जमा गुन्जीरहेकोछ।
माईती घर’को ” नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहे’कोछ।
“घुम्तीमा नआ’उ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउ’नु बाहेक के नै बाँकि रह्यो र
…
तिम्रो आत्मा’लाई चीर शान्ती मिलोस।
हार्दिक श्रध्दा’ञ्जलि छ है दाई
तिमी’लाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ – रातोपाटीबाट
प्रतिकृया दिनुहोस्