Saturday, October 16

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन १३९ जनाको नि’धन

May 10, 2021 513

नेपालमा आज एकैदिन १३९ जनाको कोरोना संक्रमणबाट नि’धन भएको छ ।त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ९२७१जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट १७६२३ जना र एन्टीजेन बिधिबाट ७८८ जनालाकोप्रिक्षण गरिएको थियो ।

उता गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् कास्कीका २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयका कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ८६, स्याङजा १५, बागलुङ ५८, तनहुँ २२, लमजुङ ३७, गोरखा २२, पर्वत ५०, म्याग्दी ६३, मनाङ र मुस्ताङका १÷१ जना छन् ।योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २३ हजार ८ सय २ जना छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजर ५३३ छ । जसमध्ये ३७ जनामात्रै अस्पतालमा उपचाररत छन् ।त्यस्तै दोलखामा आज थप ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।आज भीमेश्वर नगरपालिकाका ७ महिला र ७ पुरुष गरी १४, वैतेश्वरका ८ पुरुष र ७ महिला गरी १५, कालिञ्चोक गाउँपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै विगु गाउँपालिकाका एक पुरुष र एक महिला गरी २, जिरी नगरपालिकाकी एक महिला र तामाकोशीका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै जिल्लामा दोस्रो लहर अन्र्तगत संक्रमित हुनेको संख्या १ सय ९४ पुगेको छ । संक्रमितमध्य आज भीमेश्वर नगरपालिकाका ६ जना कोरोनामुक्त भएका छन् ।

चार जना पुरुष र दुई जना महिला गरी आज ६ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारीदिए ।उनका अनुसार हाल १ सय ८७ जना संक्रिय कारोना संक्रमित छन् । त्यसमध्य १ सय ६८ जना कोरोना संक्रमित होम आईसोलेसमा उपचाररत छन् भने १९ जना अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा थप समस्या देखिएका तीन जनालाई भने उपचारका लागि काठमाडौंको विभिन्न अस्पतालमा रिफर गरीएको छ ।यसैबीच काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

अब मंगलबार बस्ने उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गर्ने पराजुलीले बताए। यसअघि उपत्यकामा जारी गरिएको निषेधाज्ञा वैशाख २९ गते सकिँदै छ। संक्रमण बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको पराजुलीले बताए।

प्रतिकृया दिनुहोस्