Saturday, June 3

पूर्व खानेपानीमन्त्री बिना मगरले आमाको मुख हेर्ने दिन सासु-आमा सीता दाहालको तस्विर सेयर गर्दै लेखिन यस्तो भाबुक पत्र

May 11, 2021 1427

पूर्व खानेपानीमन्त्री बिना मगरले मातातिर्थ औंसीको अवसरमा एक भावुक स्टाटस लेख्नु भएको छ । उहाँले आफ्नी सासुआमा सीता दाहाललाई सम्बोधन गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो ।

उहाँकी सासु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धर्मपत्नी सीता दाहालको अवस्था अहिले ना’जुक छ । उहाँलाई नाकबाट मात्र खाना दिइन्छ । छोरोको नि’धनपछि अर्धचेत हुनुभएको उहाँमा अहिलेपनि चेत आएको छैन । शरीर अति नै कमजोर बनेको छ ।

धेरै ठाउँमा उपचार गर्दापनि निको नभएपछि अहिले उहाँलाई घरमा नै राखिएको छ । उहाँको शरीर चल्दैन ।नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहनु भएकी मगर आफ्नो स्व. प्रकाश दाहलसँगको विहेलाई याद गर्दै लेख्नुहुन्छ, ‘एकजना नेतृत्व कमरेडले मलाई सम्झाउदै भन्नुहुन्थ्यो बिना, सिता भाउजु फरक प्रकृतिको महिला हो ।

स्वभाबजन्य स’मस्याहरू छन् । उहाँको छुच्चोपनमा तपाई त्यो घरमा टिक्न सक्नु हुन्न इत्यादी इत्यादी । मेरो दिमागमा यस्ता इत्यादी रेडिमेड धारणाले घर गर्यो क्यारे, केही सकस महसुस हुन्थ्यो मलाई ।जब समयले मलाई तपाईको सामिप्यमै रहेर बुझ्ने अवसर जुरायो ।

आज म ग’र्वका साथ भन्छु कसैको सासु वा आमा मात्र नभएर व’र्गीयमु’क्ति आ’न्दोलनको एउटा प्रेरणादायी नेतृत्व हो तपाईं, क्रा’न्तिकारी सोचसँगै विद्रोही स्वभाव तपाईको पहिचान हो । अझै भन्नु पर्दा ज’नयु’द्दको अदृश्य खम्बा हो तपाईं ।सतहि दृष्टिमा सृजित धारणा र वास्तविकतामा धेरै अन्तर हुँदो रैछ मम्मी ।’

सीता दाहालतको तारिफामा बिना अझ लेख्नुहुन्छ, ‘तपाईं मेरो आदर्श हो, तपाईं मेरो अबिभावक, मेरो प्रेरणा, मेरो बिश्वास, मेरो जिन्दगी जिउने आधार हो मम्मी ।’उहाँले कोरोना महामारीको च’पेटाले देशमा विकराल स्थिती सृजना भैरहदा पनि आफुहरु अ’छुतो रहन नसकेको उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरसले गाजेको शरिरमा सासै रोकिन्छ की जस्तो भएको अनुभव पनि उहाँले साझा गर्नुभयो ।उहाँ लेख्नुहुन्छ, ‘अझ पिडा त छोरो प्रणवको ज्वरो नघट्दा भो । अहिले हामी ठिक छौ । सामाजिक सञ्जाल भरी छरिएका श्र’दाञ्जली शब्दहरुले मुटु पोल्दोरहेछ ।

मातातिर्थ औंसीमा तपाईसँग हामी आमा छोरो हुदैनौं यसपाली । त्यसैले फेसबुकको सहारामै भएपनि मातातिर्थ औंसीको शुभकामना मम्मी ।’ उहाँले देशका सम्पुर्ण आमाहरुमा मातातिर्थ औंसीको धेरै-धेरै शुभकामना व्यक्त गर्नुभएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भ’क्तिसाथ मनाइँदैछ ।

एकजना नेतृत्व कमरेडले मलाई सम्झाउदै भन्नु भथ्यो” बिना सिता भाउजु फरक प्रकृतिको महिला हो । स्वभाबजन्य समस्याहरू छन् । उहॅाको छु’च्चोपनमा तपाई त्यो घर टिक्न सक्नु हुन्न इत्यादी इत्यादी ।”मेरो दिमागमा यस्ता इत्यादी रेडिमेड धारणाले घर गर्यो क्यारे केहि सकस महसुस हुन्थ्यो मलाई ।

जब समयले मलाई तपाईको सामिप्यमै रहेर बुझ्ने अबसर जुरायो ।आज म सगर्बकासाथ भन्छु कसैको सासु वा आमा मात्र नभएर ब’र्गियमुक्ति आन्दोलनको एउटा प्रेरणादाइ नेतृत्व हो तपाई, क्रा’न्तिकारी सोचसँगै बि’द्रोही स्वभाव तपाईको पहिचान हो । अझै भन्न पर्दा जनयुद्दको अदृष्य खम्बा हो तपाई ।

सतहि दृष्टिमा सृजित धारणा र बास्तबिकतामा धेरै अन्तर हुदोरैछ मम्मी ।तपाई मेरो आदर्श हो, तपाई मेरो अबिभावक, मेरो प्रेरणा, मेरो बिश्वास, मेरो जिन्दगी जिउने आधार हो मम्मी ।माहामारीको चपेटाले देशमा विकराल स्थिती सृजना भैरहदा हामी पनि अछुतो रहन सकेनौ । कोरोना भाईरसले गाजेको शरिरमा सासै रोकिन्छ की जस्तो भो ।

अझ पि’डा त छोरो प्रणबको ज्वरो नघट्दा भो अहिले हामी ठिक छौ ।सामाजिक सञ्जल भरी छरिएका श्रदान्जली शब्दहरुले मुटु पोल्दोरहेछ ।मातातिर्थ औंसीमा तपाईसंग हामी आमा छोरो हुदैनौ यसपाली । तेसैले फेसबुकको सहारामै भएपनि मातातिर्थ औंसीको शुभकामना मम्मी ।मेरो आमा अनि देशको सम्पुर्ण आमाहरुमा मातातिर्थ औंसीको धेरै धेरै शुभकामना ।

प्रतिकृया दिनुहोस्