पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । आफ्नो अनौठो प्रतिभाका कारण फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालमा अहिले उनी निकै रुचाईएका छन् ।
गुल्मीका पत्रकारहरु मोहन बस्नेत, जीवन पाण्डे लगायतले उनको कलालाई सम्मान गर्दै ईन्द्रेणीसम्म पुर्याएका थिए । ईन्द्रणीमा उनले दिएको प्रस्तुतीलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यस्तै केही समय अगाडी उनले गाएको ओठ खोलेर गीत युटुबमा सर्वाधिक हेरिएको छ ।
आर्थिक अभावका कारण सानैमा पढाई छाडेका सचिन परियार अहिले एक पछि अर्को गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा छाईरहेका छन् । तिनै बाल कलाकार सचिन परियार अब नेपालकै सर्वाधिक रुचाईएको हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा खेल्ने भएका हुन् ।
उनको बोलीचालि हेरेर दर्शकहरु निकै रमाईलो मान्ने गर्दथे । उनै हास्य कलाकार समेत बनिसकेका सचिन परियारले मेरी बास्सै मार्फत अभिनयको भुमिका निर्वाह गर्र्दैछन् । सचिन परियारले मेरी बास्सैमा छोराको भुमिकामा देखिदैछन् । त्यस्तै उनको बाबा भुमिकाको रुपमा गुल्मीकै पत्रकार मोहन बस्नेत रहेका छन् ।
बस्नेत लगायतको समुहले नै उनलाई काठमाण्डौ लगेको हो । उनीहरुले पर्दामा दलित समुदायको प्रतिनिधित्व गरी अभिनय निभाउने छन् । त्यस्तै मेरी बास्सैमा नै अर्का पत्रकार जीवन पाण्डेले पनि अभिनय गरेका छन् । उनीहरुको सुटिङको काम सम्पन्न भईसकेको छ । उक्त भिडियो मेरी बास्सै यही मगंलबार नेपाल टेलिभिजन र युटुबमा पनि सार्वजनिक हुने बताईएको छ ।
प्रतिकृया दिनुहोस्