मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत मङ्गलवार देवी थान युट्युबमार्फत सार्वजनिक गरिएको छ । मङ्गलवार बिहान सार्वजनिक भएको भिडियोमा मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाइने भएको छ ।
लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । हेर्नुस भीडियो
यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए । मदनकृष्ण कुशल अभिनेता मात्र नभई राम्रा गायक पनि हुन् । मदनकृष्णका अनुसार, नेपालभाषामा दर्जनौं रोमान्टिक गीत गाए पनि उनले नेपालीमा गाएका धेरैजसो गीत गम्भीर छन् ।

प्रतिकृया दिनुहोस्