काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६ जना को’रोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ७६ जना सङ्क्रमितको मृ’त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
को-भि’ड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४८, ललितपुरमा १४ र भक्तपुरमा १४ जना सङ्क्रमितले ज्यान गु’माएका छन् । काठमाडौंमा को’रोना सङ्क्रमणबाट हालसम्म ११८९, ललितपुरमा ३१८ र भक्तपुरमा २३४ जना सङ्क्रमितको ज्यान गएको छ ।
त्यस्तै नेपालमा आज फेरी को’रोना संक्रमित बढेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२४७ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको ज्यान गएको छ। यस्तै, थप ५ हजार ७ सय ६७ जना उपचार पछि को’रोनामुक्त भएका छन्।
नेपालमा संक्रमणमु’क्त भएको दर ७४ दशमलव ४ प्रतिशत छ ।अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना सं’क्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार काठमाडौंमा २३४६, ललितपुमा ४५४ र भक्तपुरमा २९८ गरी गएको २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण भएको छ ।-इसिधाकुराबाट।
प्रतिकृया दिनुहोस्