Saturday, April 1

आज सुनको मूल्य घट्यो, यस्तो रह्यो तोलाको ? हेर्नु`होस्

May 21, 2021 1235

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यव`सायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो ।

जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ । यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कामय भएको छ ।

अर्काे समाचार… भूमि व्यवस्था, सहका`री तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयो`जना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ ।

मन्त्रालयका सचिव टेक|नारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वज`निक संस्थाले कानुन|अनुसार निवेदन दिनुपर्ने हुन्छ ।

सर|कारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्म|ले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ ।उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घर|जग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि थप जग्गा चा|हियो भने निवेदन दिनुपर्ने सचिव पाण्डेले बताउनुभयो ।

जेठ ३ गते नेपाल राज|पत्रमा प्रकाशित भएको सूचना|अनुसार थप जग्गा माग गर्ने सङ्घ|संस्था कम्पनी वा व्यक्तिले खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधि`कतम क्षेत्रफल, जग्गाको प्रकार, मन्त्रालय|को सिफारिस, उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र, निर्णयको प्रतिलिपि, स्थानीय तहको सिफा|रिस, पान नम्बर, कर चुक्ताको प्रमाणपत्र|लगायतका प्रमाणपत्र तथा प्रतिलिपिहरू निवेदनका साथ दिनुपर्ने हुन्छ ।

कानुन|अनुसार निवेदन पेस हुन आएकामा भूमि व्यव|स्थापन तथा अभिलेख विभागले खरिद गर्न खोजिएको जग्गाको स्थलगत निरीक्षण गरी जग्गाको भौतिक अवस्था र जग्गाको सम्बन्धमा कार्यालयमा रहेका स्रेस्ताको विवरण खुलाई पठाउन निवेद|नसहितका विवरण तथा काग|जात सम्बन्धित कार्यालयमा पठाउनुपर्ने हुन्छ ।

सो कार्यालयले माग गरेको जग्गा`को भौतिक अवस्था, जग्गाको किसिम, स्वामित्वको अवस्था र नापी नक्साको आधारमा जग्गाको अवस्थितिसमेत यकिन गरी प्राप्त निवेदनसहित विभागमा पठा|उनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्