काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले भुइँमा सुतेर र फलामकै बेञ्चमा बसेर भएपनि प्राण वायु मुखमा लगाएका छन् । अस्पतालमा भएका सबैको मुहारमा भएको हाँसोलाई हरियो सानो मास्कले छेकेको छ ।
लाग्छ त्यहाँ भएका सबै मानिसहरू आँखाले हाँसिरहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन्। हेर्दा लाग्छ त्यहाँ ,’ अस्पतालमा ठूलो वि\पत्ति आइपरेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।’ त्यहीँ भिड भन्दा अलग्गै थकित र निराश मुद्रामा एक वृद्ध अस्पतालको फुलबारीमा बसिरहेका छन् । उनी दक्षिण काठमाडौँ चन्द्रागिरी नगरपालिकाका ६३ वर्षीय कमल परियार हुन् ।
हातमा भएको दुई वटा मोबाइल हेरिरहन्छन्, उनको नजर घरिघरि अस्पतालको इमर्जेन्सीतर्फ तेर्सिन्छ। उनी दुई दिनदेखि राम्रोसँग निदाउन पाएका छैनन् । आँखा मलिन छ। उमेरले ६ दशक काटेका कमल यतिखेर छोराको सहारा भएर अस्पतालमा कुरुवा बसेका छन् । एउटा भनाइ छ, बुढेसकालको सहारा छोरा हुन्छ ।’ तर कमलको जीवनमा ठिक विपरीत भएको छ ।
कोभिड महामारीले गर्दा उनी छोराको सहारा भएर बसेका छन् । अब उनको एउटै मात्र इच्छा छ,’छोराको निको भएर मलाई बोलावस भन्ने छ।’ कमललाई छोराको नजिक जान मन छ कोभिड सर्ने त्रासमा उनी टाढाबाट छोरालाई हेर्न बाध्य छन् । यतिखेर उन को ३७ वर्षीय छोरा जयराम मुखमा अक्सिजन माक्सको सहारामा अस्पतालको इमर्जेन्सी गेटैमा बसिरहेका छन् । शुक्रराजमा ल्याएपछि कमलको पुनः पीसीआर परीक्षण गरिएको छ । रिपोर्टको पर्खाइमा कमलसहित जयरामको श्रीमती पनि छिन् । छोरालाई को’भिड भए पनि परिवारमा कसैलाई लक्षण नदेखिएको उनले बताए ।
सन्तानको मायाले अभिभावकलाई डोर्याउँछ भनेझै कमललाई डोर्याएको छ । दिन प्रितदिन को’भिडको संक्रमित र मृ,त्युदरको ग्राफ उकालो लागि रहेको छ । ‘घरमा श्रीमतीलाई एक्लै छाडेर आएको छु, सन्तानको यति धेरै माया लाग्दो रहेछ भन्ने अहिले महसुस भइरहेको छ,’ उनले आँशु पुछ्दै भने । जयराम घरको एक्लो छोरा हुन् । उनको दुवै दिदीहरूको बिहे भइसकेको छ । घरमा साना-साना दुई नातीहरू रहेको उनले बताए । ई-कागजमा खबर छ ।
प्रतिकृया दिनुहोस्