Sunday, April 2

कोरोना महामारीबीच प्रतिनिधिसभा बिघटन बि, रुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस (भिडियो सहित)

May 22, 2021 1156

काठमाडौं । असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो ।

संविधान विपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जबरजस्त रुपमा संसद विघटन गरेको उनीहरुको आरोप छ । उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालेको थियो । हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्