निराजन घिमिरे, जेठ ०५, चितवन- कोरोना माहामारीको कारण यतिबेला नेपालमा निषेधाज्ञा छ । कोरोना महामारी रोक्न भन्दै नेपाल आउने जाने व्यवसायिक उडानहरु पनि ठप्प छन् । यद्दपी केहि चार्टर्ड र कार्गो उडान भने जारी नै छ । उडान बन्द गरिएपछी अस्ती बुधबार सबैभन्दा बढी उडानहरु भए, अस्ती जम्मा १३ ओटा अन्तर्राष्ट्रिय उडानहरु भए । नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले नेपालमा अड्केका भारतीयहरुलाई साउदी पुर्याउने काम गर्यो ।
उडान बन्द भएपछी नेपाल फर्कन टिकट लिएर बसेका हजारौ नेपाली समस्यामा परेका छन् । यिनै समस्यामा परेका नेपालीहरुलाई सम्बोधन गर्न आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ!
यदि जुन १ बाट उडान खुलेको अवस्थामा नेपाल फर्कन के के गर्नुपर्छ त? हुन त यस विषयमा सरकारले केहि निर्णय गर्ला । क्वारेन्टाइन सम्बन्धी कुनै निर्णय आज २० मे सम्म भएको छैन । यदि उडान खुलेको अवस्थामा होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा राख्ने भन्ने कुरा पक्का पनि निर्णय हुनेछ ! तर यँहा भने हामी तपाईलाई नेपाल फर्कंदा भर्ना पर्ने सिसिएमसी फारम कसरी भर्ने बारेमा जानकारी दिदै छौ। यो फारम पहिले नेपालको विमानस्थलमा पुगेपछि भर्नुपर्ने जस्तै अनलाइन फारम हो । कोभिड १९ को परिस्थितिले यो फारम अहिले विश्वको कुनै पनि देश बाट उडान मार्फत नेपाल जादा भर्नुपर्छ ।
मुख्य ध्यान दिन पर्ने कुरा
- गुगल क्रोम (Google Chrome) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला ।
- फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं. आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
- रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
- फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
- यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
- Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुने ।
फारम भर्न के के चाहिन्छ??
- तपाई नेपाल कसरी फर्कदै हुनुहुन्छ ? हवाईमार्ग/ जमिन बाट? त्यसको जानकारी
- नेपाल फर्कने मिति/ उडान नं./ बस नं / सिट नं. / लकडाउन पछी कति पटक नेपाल फर्कनुभयो त्यसको जानकारी
- नामथर/ ठेगाना/ नागरिकता नं./ जन्ममिति/ स्थायी ठेगाना / मोबाईल/ ईमेल
- नेपाल गएपछि बस्ने ठेगाना/ नेपालको नजिकको व्यक्तिको नाम/ सम्पर्क नम्बर
- पारिवारिक विवरण/ उडानको विवरण ( कुन देशबाट आउने त्यसको नाम/ पुग्नुपर्ने ठेगाना/ उडान नं./ मिति )
- आफु बसेको देशको नाम/ कामको विबरण/ अनुभव/ किन फर्कन लागेको त्यसको विवरण
- नेपाल फर्केपछि को योजना/ क्वारेन्टाइन सम्बन्धी जानकारी
- स्वास्थ्य विवरण
सम्पूर्ण विवरणहरु निकै साबधानपुर्वक भर्नुहोला । रातो चिन्ह लगाइएका विवरण अनिवार्य रुपमा भर्नुपर्ने छ । उपरोक्त सवै विवरण ठिक छ झुटो ठहरे कारवाही भोग्न तयार छु ।* भन्ने ठाउँमा √ चिन्न लगाएर सुरक्षित गर्नुहोस बटनमा क्लिक गर्नुहोला । तपाईले सही विवरण भर्नुभए मात्र तपाइको इमेलमा थप जानकारी आउनेछ । फारम भरिसकेपछि आएको तपाइँको Bar Code सुरक्षित राख्नुहोला। त्यसको लागी Barcode को Screenshot गरी मोबाइलमा राखेमा सजिलो हुनेछ वा Print गरि सुरक्षित सँग राख्नुहोला ।
फ्लाईट डिले भएमा अर्को फारम भर्न पर्छ ?
यदि तपाईले सिसिएमसी फारम भरिसक्नु भयो तर तपाईको फ्लाईट क्यान्सल भयो वा अर्को दिन सर्यो भने अर्को फारम भर्ने कि के गर्ने त ? एकपटक फारम भरिसके पछी अर्को पटक फारम नभर्नुहोला । विवरण सच्याउन पर्ने भएमा सिसिएमसी फारमको माथि दाहिनेतिर कुनामा Correction Support भन्ने बटन छ त्यसमा क्लिक गरेर आफ्नो विवरण सच्याउनुहोला। फ्लाइट डिले भएको वा अर्को पटकलाई सरेको भए पनि सच्याउनु पर्ने विवरण मा मिति खुलाएर सच्याउनुपर्छ । याद राख्नुस नेपाल फर्कन पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ भने तपाईले खोप लगाउनु भएको भएपनि पिसिआर अनिवार्य छ । फारम भर्न यँहा क्लिक गर्नुहोला ( यो सामाग्री निराजन घिमिरे/ उज्यालो नेपालबाट साभार। )
प्रतिकृया दिनुहोस्