Saturday, June 3

“बीटीएस”ले रेकर्डमाथि रेकर्ड तोड्दै नयाँ गीत ‘बटर, हालसम्म राख्यो चारवटा रेक, र्ड (भिडियो सहित)

May 28, 2021 1602

काठमाडौं । कोरियन चर्चित सांगीतिक ब्यान्ड बीटीएसले फेरि नयाँ रेकड बनाएको छ । उनीहरूले आफ्नै पछिल्लो रेकर्ड तोडेर आफैले फेरि नयाँ रेकर्ड बनाएको हो ।

उनीहरूको हालै सार्वजनिक भएको नयाँ गीत ‘बटर’ ले युट्युबमा २४ घण्टामा सर्वाधिक भ्युज पाएर नयाँ रेकर्ड कायम गर्न सफल बनेको हो ।

बीटीएसको ‘बटर’ ले २४ घण्टामा १०८.२ मिलियन भ्युज बनाएर आफनो अघिल्लो रेकर्ड १०१.१ मिलियनलाई ब्रेक गरेको युट्युबले पुष्टि गरेको छ ।

यसअघि ‘डाइनामाइट’ गीतले यो रेकर्ड बनाएको थियो । युट्युबको ‘अलटाइम २४ आवर म्युजिक डेब्य्ट्स’ को पहिलो र दोस्रो स्थानमा अहिले बीटीएस ब्यान्डकै वर्चस्व रहेको छ ।

यो सँगै ‘बिगेस्ट म्युजिक भिडियो प्रिमियर’, ‘बिगेस्ट डेब्युट् अन स्पोटिफाई ग्लोबल विथ ११.०४२ मिलियन स्ट्रिम्स’ र ‘लार्जेस्ट सिंगल–डे स्ट्रिम्स इन स्पोटिफाइ हिस्टोरी विथ २०.९ मिलियन स्ट्रिम्स’ सहित अहिले चार वटा रेकर्डको मालिक भएको छ ।

यी के पप ब्यान्ड कोरियामा मात्रै नभई विश्वभरीनै उतिकै लोकप्रिय छन् । हेर्नुहोस तलको भिडियो। साझासञ्जालबाट।

प्रतिकृया दिनुहोस्