केही समय पहिले नायक किशोर खतिवडा र लक्ष्मी गदालको विषयले सामाजिक संजाल तातिरहेको थियो र केही समययता यो विषय पुन सेलाउन पुगेको छ। तर आज एक्कासी उहाँहरू दुवैजना वसन्तपुरमा खाना बाँड्दै गरेको अवस्थामा भेटियो।पानी परिरहेको अवस्थामा दुवै जना लामो समय पश्चात् एकै ठाउँमा सँगै देखा परेपछी विभिन्न मिडियाहरू आइपुगेका थिए।
किशोर खतिवडा सँगै बिनय जंग बस्नेत र पुजा विश्वकर्मा पनि सँगै खाना खुवाउँदै थिए। मिडियासँग बोल्दै किशोर खतिवडाले आफू कुनै प्रचार प्रसारको लागि आएको नभइ स्वतस्फूर्त रुपमा आएको पनि जानकारी गराउनु भयो।साथै आफ्नो विषय सबै कानूनी रुपमा अगाडि बढिरहेको पनि बताउनुभयो।
उहाँले सृजना वाग्लेको विषयमा बोल्दै आफू र सृजा वाग्ले बीच त्यस्तो नराम्रो मनमुटाव नरहेको तर कानूनसँग,उहाँको टीम सँग साथै मनोज सापकोटा भन्ने व्यक्तिसँग मनमुटाव भएको र त्यसको लागि आफू लड्न तयार भएको पनि बताउनुभयो। त्यसैगरी लक्ष्मी गदालले पनि आफ्नो कुनै पनि विषय मिडियामा राख्नुपर्ने नभएको र किशोर खतिवडासँगको सम्बन्ध पनि ठीक भएको प्रतिक्रिया दिएकी थिइन् भने माया भएकै कारणले यत्रो ठूलो विवाद पनि समाधान भएको नायक किशोर खतिवडाले बताउनुभएको छ।
प्रहरी प्रशासन बाहेक अर्काको घरमा बिना अनुमती झ्यालबाट क्यामेरा तेर्स्याउनु पनि पत्रकार आचारसंहितामा विपरीत भएको र अत्यन्तै नि’न्द’नी’य कार्य भएको भन्दै सृजना वाग्लेको चौतर्फी आलोचना भएको थियो। सृजना वाग्ले आफैंले आफ्नो अनुकुलका पत्रकारहरूको झुण्डलाई ल्याएर खिच्न लगाउनु र का’लो मो’सो दल्ने स्वयं सृजनाले स्वीकार गरिरहँदा पनि पत्रकारहरूले त्यो दृष्य आफ्नो क्यामेराले नदेखाउनुले पनि शंका गर्न सकिने ठाउँ बनाएको बुझ्न सकिन्थ्यो।
उहाँले महिला अधिकार कर्मी भनेर भनिएकी सृजना वाग्लेलाई कथित अधिकार कर्मी भनेर पनि संज्ञा दिनुभएको थियो।साथै यो विषयलाई गहन रुपमा बुझेर कुन निकायतिर अघि बढ्दा न्याय पाइन्छ त्यतातिर जान सकिने कुरा पनि व्यक्त गर्नुभएको थियो। लक्ष्मी गदालसँग कुरा गर्दा उहाँले आफू अन्यायमा परेको र त्यसको लागि आवाज उठाइदिन पनि आग्रह गरेको थिइन् भनेर उहाँले भन्नुभएको थियो
प्रतिकृया दिनुहोस्