Sunday, April 2

यो गर्मीमा कागती र पुदिना खानुका यति-धेरै फाईदा, जानी राखौँ साथै यो जानकारी शे र गरौ

June 1, 2021 1421

गर्मीको मौसम छ, थोरै मात्र खानपीनमा लापरबाही भए अनेक रोगको सिकार भईने डर । यस्तो समयमा घरमा पाईने घरेलु खजनाहरुले तपाई स्वस्थ रहन सक्नुहुन्छ । जस मध्ये आज हामी पुदिनाको फाईदाको बारेमा बताउन गईरहेका छौँ ।

आयुर्वेदमा पुदिनलाई रामवाण नै मानिन्छ । तपाई हाम्रो घरमा नै पाईने पुदिनालाई कतिपयले पतेनाको नामले पनि चिन्ने गरेका छन् । पुदिनाको फाईदाको बारेमा आज हामी जानकारी दिन्छौँ ।

– सुकेको वा हरियो पुदिनालाई दही वा काँचो आँपको रससँग मिलाएर पिउने गर्नाले पेटमा हुने जलनबाट मुक्ति पाईन्छ । यसले तातो हावाबाट हुने लू बाट पनि बचाउँछ ।

– गर्मीको मौसमाम पुदिनाको अचार दैनिक रुपमा सेवन गर्नाले निकै फाईदा हुन्छ । पुदिनलाई मरिच, हिंग, जिरासँग मिसाएर पिसेको अचारले पेटमा देखिने कयौँ समस्याबाट छुटकारा पाईन्छ । यस्तो अचारले भोक जगाउने अर्थात खाना रुचाउने काम गर्दछ ।

– यदि तपाई लगातार बाडुल्की लागेर हैरान हुनुहुन्छ भने त्यस समय पुदिनाको पातमा चिनी मिसाएर विस्तारै चपाउनुहोस् । यसो गर्नाले केही समयमा तपाईको बाडुल्की हराउँछ ।

– पुदिनाको नियमित रुपमा सेवन गर्नाले जण्डिस जस्ता रोगबाट बच्न सकिन्छ । त्यस्तै पिसाबमा हुने संक्रमणबाट बच्न पनि पुदिना सेवन लाभदायक मानिन्छ ।

प्रतिकृया दिनुहोस्