Sunday, April 2

आक्रमक रूपमा सुरु भयो चौधरी ग्रुपको ‘सिजी इन्टरनेट’ सेवा , १२० Mbps स्पिड यस्तो छ मुल्य..

June 1, 2021 1937

काठमाडौँ । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ ।यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए ।

कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्