यस्तो गर्नुभयो भने घिउकुमारीले गर्छ यति धेरै नु”कसान घिउ कुमारी प्रयोग गर्नु हुन्छ भने आजै होसियार बनौ ।प्रयोग गर्न नजान्दा घिउ कुमारी ले फाइदा मात्रै होइन धेरै बेफाइदा पनि गर्छ
यदि हामीले सधैं घिउ कुमारी का फाइदाको बारेमा सधैं जान्ने गर्छौं र धेरैलाई यसको फाइदाको बारेमा थाहा पनि हुन सक्छ तर के तपाईंलाई घिउ कुमारी ले जति फाइदा गर्छ त्यति नै नु”कसान पनि गर्छ आज हामी यही विषयमा चर्चा गर्नेछौं ।
घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती हो चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् ।
अब जानौं त्यसको बेफाइदाहरु ।
१. औषधीको कम असर : यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।
२. पखला लाग्छ : यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।
३. पोटाशियमको स्तर कम हुन्छ : यदि तपाई घिउकुमारलाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।
४. गर्भपात हुनसक्छ : जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुन सक्छ । यसा साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।
यो पनि पढ्नुहोस् ।
विबाह समयमै गर्नुपर्छ 35 कटेपछि मन लाग्दैन ।
विवाह गर्ने सही उमेर कुन हो ? भूगोल, रितिरिवाज, समाज अनुसार यसको जबाफमा एकरुपता नहुन सक्छ । हामीकहाँ यसको रेडिमेड जवाफ छ, ‘आफ्नो खुट्टामा उभिने भएपछि ।’ अर्थात आफ्नो कमाइमा आश्रति हुन सक्षम भएपछि बिहे गर्न सकिन्छ । तर, शरीर विज्ञान, सामाजिक अवस्था आदिले यसो भन्दैन । बिवाहको निर्धारण आर्थिक सुरक्षाले मात्र गर्ने होइन । यसमा निश्चित उमेर समूहले खास महत्व राख्छ ।
किन २० बर्ष पारी, बिहेवारी ?
केटाहरुको हकमा उनीहरु आर्थिक रुपले सवल वा पारिवारिक दायित्व बहन गर्न सक्षम हुनुपर्ने अघोषित मान्यता छ । अतः २५ देखि ३० बर्षभित्र बिहे गरिसक्नुपर्ने धारणा हामीकहाँ व्यप्त छ । यो भन्दा कम उमेरमा अपरिपक्क हुने र त्यसभन्दा माथि भएपछि पारिवारिक जीवन एडजस्ट गर्न गाह्रो हुने आम बुझाई छ ।
के भन्छ अध्ययन ?
३५ वर्षको उमेर कटेपछि भने महिला वा पुरुषमा विवाहको इच्छा मर्दै जाने एक अध्ययनले देखाएको छ । शहरी पृष्ठभूमिका ३५ देखि ४० वर्ष उमेर समुहका एक सय व्यक्तिहरुमा सो अध्ययन गरिएको थियो । अध्ययनमा अधिकांस पुरुष र महिलाहरुले स्वीकारेका थिए कि उनीहरुमा विहेको रहर मरिसकेको छ ।
आखिर ३५ वर्ष कटेपछि महिला-पुरुषमा के हुन्छ जसले विवाहप्रति उदासिन बनाउँछ ?
१. हरेक सम्वन्धका केही सीमाहरु हुन्छन्, जसले व्यक्तिलाई बाँधेर राख्छन् । तर, कुनै सीमाबिना ३५ सम्म बाँच्नुहून्छ, त्यसपछि अचानक बिहे गरेर सीमाभित्र बाँधिन गाह्रो हुन्छ ।
२. बिवाहमा आनन्द र रमाइलो मात्र हुँदैन, यसमा तनाव, बोझ र उतारचढाव पनि हुन्छन् । तर सिंगल लाइफमा न कुनै बोझ हुन्छ न कुनै तनाव । ३५ वर्षसम्म यस्तो ‘शान्तिपूर्ण’ जीवन बाँचिसकेपछि फेरि बिहेको झमेलामा फस्न को चाहला ?
३. बिवाहअघि एक किसिमले स्वतन्त्र भइन्छ । मन लागेको बेला घरबाट निस्किन सपिकन्छ, मन लागेको काम गर्न सकिन्छ, आफूखुशी घुम्न जान सकिन्छ, साथीहरु भेट्न सकिन्छ । तर विवाहित जीवनमा यति निस्फिक्री हुन सकिँदैन । यसले पनि ३५ कटेपछि विवाहमा निरुत्साहन पैदा गर्छ ।
४. सिंगल व्यक्तिलाई आफ्नो करिअर अगाडि बढाउन सजिलो हुन्छ । तर वैवाहिक जीवनको वन्धनमा बाँधिइसकेपछि घर परिवारलाई पनि समय दिनुपर्ने हुन्छ र करिअरमा फोकस गर्न सकिँदैन । ३५ पछि बिहे गर्न मन नलाग्ने यो पनि एउटा कारण हो ।
५. लामो समयसम्म सिंगल भइयो भने विवाहपछि आफ्नो पति वा पत्नीको अधिनमा बस्न कत्ति पनि रुची बाँकी रहँदैन ।
६. सिंगल हुँदाको सबैभन्दा ठूलो ‘फाइदा’ के हो भने कुनै पनि समयमा कोहीसँग पनि डेट गर्न सकिदैन । तर, बिहेपछि यस्तो असम्भव हुन्छ । यही भएर विवाह नगरी बस्नेहरु पनि छन् ।
प्रतिकृया दिनुहोस्