Wednesday, March 29

आर्दश मिश्राको घर पुग्दा यस्तो अ, वस्थामा भेटिए आदर्श मिश्रा, वुबालाई सम्झेर पल-पल रुँ, दा रहेछन् (भिडियो सहित)

June 5, 2021 1491

वीरगंज। कमेडियनआदर्श मिश्राको बुबा विनोद मिश्राको निधन पछि आदर्श यति बेला वुबाको काजकृयामा घरमै छन। नेपाली मिडियाले उनलाई सहयोग नगरेको भन्दै उनले आक्रोस पोख्दै आएका थिए ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो।

प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने। अनि त्यहाँ चाहिँ मेसिनहरु केही पनि राम्रो छैन। एनएमसीको कन्ट्र्याक्ट लिएको छ नेफ्रो प्लसले जुन इन्डियन कम्पनी हो।

अनि इन्डियाको एक नागरिक जो नेपालमा कार्यरत छ त्यसले डिसाइड गर्न पाउँदैन – कसको डायलासिस हुन्छ कसको हुँदैन भन्ने। को बाँच्छ र को बाँच्दैन भन्ने डिसाइड इन्डियाबाट यहाँ आएर कार्यरत गर्ने व्यक्तिले गर्न पाउँदैन। इन्डियाको मानिस यहाँ आएर तलब खाने हो, नेपालको पेसेन्टलाई हप्काउने होइन। हाम्रो लाइफ त्यसको हातमा छैन।

तलको भिडियोमा हेर्नुहोस..

प्रतिकृया दिनुहोस्