Saturday, October 23

निशा घिमिरेलाई उपचारकालागी रजतपट कोसेलि अभियान मार्फत यति ठुलो रकम सहयोग

June 29, 2021 503

काठमाडौँ, हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’बाट दश लाख रकम कलेक्सन गरेर दिने अभियन्ता तथा संचारकर्मी प्रकाश सुवेदिले घोषणा गरेका थिए।

तर, टार्गेट भन्दा बढी पैसा कलेक्सन गरेर सोमबार बार्दली रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ।

निशाको हस्पिटलमा उपचार भैसकेपछिको दैनिकिका लागि भनेर ‘रजतपट कोसेली अभियान’ले एघार लाख सात हजार आठ सय रुपैयाँ निशाको दिदिलाई हस्तान्तरण गरेको हो।

उक्त रकम, निशाको उद्धारमा सहयोग पुर्याउने दुर्गा नाथ दाहाल, निशाको पिता राजु घिमिरे, कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाको संयुक्त हस्ताक्षरमा संचालन भएको ‘निशा घिमिरे सहायता कोष’मा जम्मा हुनेछ।

कार्यक्रममा भुवन केसि, नायिकाद्वय करिश्मा मानन्धर र आँचल शर्मा उपस्थित थिए। विकास वोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रममा थुप्रै चलचित्रकर्मिको पनि उपस्थिती थियो।

रजतपट कोसेली अभियानमा निशाका लागि अमेरिकामा रहेका अभिनेता राजेश ढुंगानाले संकलन गरेर दुई लाख साठी हजार पठाएका थिए। यस्तै अभिनेत्री आँचल शर्माबाट एक लाख, अमेरिका बस्ने अभिनेत्री ऋचा घिमिरे र शंखर घिमिरेबाटको नेतृत्वबाट तीन लाख अठार हजार सात सय सन्तानब्बे, रमण रेग्मिबाट एक लाख छब्बिस हजार, अस्ट्रेलियाबाट अभिनेता कुशल थापा र अभियन्ता सरोज भट्टराईको नेतृत्वबाट दुई लाख ३० हजार, अमेरिका बस्ने दमन सैँजुबाट दश हजार, अमेरिकाकै रघु आचार्य र उनका भाइ नेत्र आचार्यबाट दस हजार एक सय, खाडी मुलुकका एक भेढा चराउने व्यक्तिबाट दुई हजार, अभिनेता सुशान्त कार्किबाट एकाउन्न हजार उपलब्ध भएको थियो।

Rajatpatonlineबाट

प्रतिकृया दिनुहोस्