Wednesday, October 27

कोरोना संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो२४ घण्टाको अपडेट

July 2, 2021 404

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १० हजार ५ सय ९६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २२९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् । हा लसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ ।
कुल संक्रमितका आधारमा निको हुनेको दर ९४ प्र तिशत रहेको छ ।

देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्