काठमाडाैंँ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने क्रियाकलाप बढ्दै गएको छ । फेसबुक, भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाउँदै सोझा मानिसलाई ठगी गर्ने प्रवृत्ति निकै बढेको पाइन्छ ।
अहिले भारतीय रियालिटी शो ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्ने गिरोह नै सक्रिय रहेको खुलेको छ । उनीहरूले नेपाली नागरिकलाई प्रयोग गरेर रकम सङ्कलन गर्दै आएका छन् ।
यसअघि ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्ने भारतीयसहित पाँच जना पक्राउ परेका थिए । दुई वर्षअघि ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्ने भारतीय नितिश कुमार, भारतकै बेलाल अहमद, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ घर भएका सञ्जय लामा, सोही ठाउँका सञ्जिव लामा र ललितपुरका रविन खत्री पक्राउ परेका थिए ।
तर, अझै पनि ‘कौन बनेगा करोडपति’को नाममा गठी धन्दा रोकिएको छैन । अहिले पनि ईमो, भाइबर र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत लाखाैं/करडाैंकाे चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका छन् ।
केही समयअघि ललितपुर पाटन बस्दै आएकी प्रकृति कार्की (नाम परिवर्तन)लाई भारीतय नम्बरबाट भाइबरमा कल आयो । र, उनलाई ‘कौन बनेगा करोडपति’मा २५ लाख रुपैयाँ चिठ्ठा परेको सुनाइयाे ।
चिट्ठा परेको सूचनाले उनी फुरुङ्ग बनिन् । उनले त्यो नम्बर ‘सेभ’ गरिन् । बेङ्लोरमा पढ्दा उनले फेसबुकलगायतमा आएको ‘क्वीज’ पनि बेलाबेला खेल्थिन् । उनलाई लाग्याे- त्याे ‘क्वीज’मा जितेछु ।
भाइबारमार्फत सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल ३० हजार पठाउ भन्याे ।
चिट्ठाबापतको लाखौँ रुपैयाँ आफ्नो खातामा ल्याउन लागिपरिन् । उनले बैंक एकाउन्ट नम्बर मागिन् । बैंक एकाउन्ट नम्बर चाहिँ नेपालकै दिइयाे ।
नेपालकै बैंक एकाउन्ट दिएपछि उनले सोधिन्, ‘तपाईंहरु त भारतबाटभन्नु हुन्थ्यो तर नेपालकै बैंक नम्बर दिइरहनु भएको छ नि ?’ उनलाई जवाफ आयो, ‘नेपालबाट विदेश पैसा पठाउन गाह्रो हुन्छ, त्यसैले नेपालकै एकाउन्ट नम्बर दिएका हाैँ, उनीहरु हाम्रो कामदार हो ।’
उनलाई ‘कौन बनेगा करोडपति’को चिठ्ठाबाट आफ्नी बहिनीलाई २५ लाख प्रप्त भएको र ‘कौन बनेगा करोडपति’ धेरै धेरै धन्यवाद दिएको भिडियो पनि पठाइयो ।
उनले ३० हजार डिपोजिट गरिन् । त्यसको दुईदिन पछि उनलाई फेरि २५ हजार डिपोजिट गर्नु पर्ने भो भनेर फोन आयो । उने पनि सोचिन्– २५ लाखको कुरा ३० हजारले कर तिर्न पुग्दैन हाेला । उनले फेरि २५ हजार डिपोजिट गरिन् ।
यसरी डिपोजितट गर्दै जाँदा एक लाख बढी पुग्यो । तरपनि उनले चिठ्ठाकाे पैसा पाइनन् । चिठ्ठाकाे पैसा नपाएपछि उनले आफूले डिपोजिड गरेको पैसा फिर्त मागिन् । पैसा फिर्त मागेपछि उनलाई थप १० लाखकाे चिठ्ठा परेकाे सुनाइयाे । १० लाख थपिएकै पैसा पठाउन ढिला भएकाे बताइयाे ।
त्यपछि उनले तिमीहरुको पैसा चाहिँदैन मैले डिपोजिट गरेको पैसा चाहिँ चाहियो भनेर फिर्ता मागिन् ।
पैसा फिर्ता मागेपछि अज्ञात व्यक्ति भने- ‘तपाईंको पैसा फिर्ता हुँदैन, अब ५० हजार पठाइदिनु, तपाईंको काम जसरी पनि हुन्छ । यो अन्तिम पेमेन्ट हो ।’
आकाश बर्मा नामक व्यकितले आफ्नो आयास्रोत विभाग अफिसमा आएको छु भन्दै एउटा भिडियो पनि पठायाे । जहाँ भारतीय प्रहरीले पैसा गन्दै गरेकाे देख्न सकिन्छ । ती व्यक्तिले भनेकाे छन्- जसकाे चिठ्ठा पर्छ, कर लिएपछि याे पैसा उनकाे खातामा ट्रन्सफरँ गर्ने छाैँ ।’
उनलाई घरमा भन्न पनि डर भयो । अब ती अज्ञात व्यक्तिले पैसा पनि फिर्ता नगर्ने भनेको छ । अब ५० हजार डिपोजिड गरेपछि ३५ लाख आउने आसमा फेरि डिपाेडिट गरिन् ।
त्यसपछि उनलाई वल्ड बैंकबाट भन्दै फोन आयो । उनलाई फेरि अज्ञात व्यक्तिले भने- ‘तपाईंको पैसा भारतबाट यहाँ आइसकेको छ । तर, नेपालमा पठाउँदा कर तिर्नुपर्छ । तपाईंले चिठ्ठाकाे पैसा पाउन एक लाख २० हजार रूपैयाँ कर तिर्नुपर्छ ।
अब, उनीसँग पैसा थिइन् । दुवाईमा दु:गरेर कमाएकाे पैसा सबै सकियाे । आफूमा भएको सबै पैसा सकिएपछि उनले साथीलाई सुनाइन् । साथीले उनलाई ‘तिमी फसिसक्याैं, अब नगर’ भनेर सम्झाइन् । तरपनि उनको मनले मानेन् ।
चिठ्ठकाे पैसा पाउने आसमा प्रकृति आमाकाे एकाउन्टबाट पनि कसैले थाहा नपाइ तीन लाख पठाइन् ।
उनले चिठ्ठावापतकाे ३५ लाख पाउने आसमा ६ लाखभन्दा बढी डाेपाेजिट गरिसकिन् । तरपनि उनले एक रूपैयाँ पनि हात पारिनन् । त्यसपछि उनी महानगरीय प्रहरी परिसर टेकु पुगिन् । र, आफू ठगिएको उजुरी दिइन् ।
अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर टेकु पुग्दा आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको उनी बताउँछन् ।
प्रहरीमा उजुरी दिएकाे एक वर्ष पुग्न लागे पनि ठग भने अझै पत्ता लागेकाे छैन । प्रहरीमा उजुरी दिएपछि मात्रै आमाकाे एकाउन्टबाट पनि आमाले तीन लाख पठाएकाे खुलाइन् ।
पैसा फसेपछि उनी एक महिनाअघि दुवाई गएकी छन् ।
भाइबारमा प्रताप केबीसी नामको उक्त आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन ।
प्रकृतिको नेपालमा हुँदा चलाएको नम्बर अहिले उनको साथीले चलाउँदै आएकी छन् । ती गठले अझै उक्त नम्बरमा बारम्बार फोन गरि चिठ्ठकाे प्रलाेभन देखाउँदै आएको छ । अहिले पनि चिठ्ठा परेको छ, त्यसकाे लागि यति डिपोजिट गर्नुपर्यो भन्छ ।
उनले आफू बिरामी भएको र निषेधाज्ञाको कारण नेपालमा सबै बैंक बन्द भएको भन्दै ती ठगहरुलाई पैसा लिन पाटनमै डाक्दै आएकी छन् । निको भएर पैसा डिपोडिट गरिदिनु, तपाईंको पैसा सुरक्षित राखिदिएका छौँ भन्दै ती गठले बताउँदै आएकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरीले अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउँछन् ।
गठिमा परेका पक्षले भने यसबारे सरकारले पनि गम्भीर रूपमा नलिएकाे आरोप लगाएका छन् । प्रहरूकाे भनाइ उदृत गर्दै पीडित पक्षले भने, ‘त्यस्तो उजुरीहरु कति धेरै छ । यस्ताे केसहरूमा खासै पक्राउ गर्ने सकेको छैन, तर मलाई चाहिँ कस्तो लाग्छ भने त्यो असम्भव कुरा भने होइन । अलि कति गाह्रो होला तर सक्रिया रुपमा लाग्ने हो भने असम्भव भन्ने चाहिँ छैन । गल्ति त हाम्रो पनि हो । तर, पनि प्रहरी सक्रिया रुपमा लागेर कारबाही गरे, अरू यसरी ठगीमा पर्दैन थियाे । ठगहरूलाई पनि केहीसम्म डर त हुन्थ्यो नि ।
बैंकको पनि गल्ति भएको पीडित पक्षकाे बुझाइ छ । पीडित पक्षका एक जनाले भनिन्, ‘बैंकका कर्मचारीहरुसँग कुरा गर्दा पनि यो एकाउन्टहरु सबै फेक हो भन्नु हुन्छ, तर त्यस्ता फेक एकाउन्टमा पनि सरकारकाे ध्यान गएकाे छैन, सरकारले त्यसमा पनि एक्सन लिनुपर्यो ।’-उनले आफू बिरामी भएको र निषेधाज्ञाको कारण नेपालमा सबै बैंक बन्द भएको भन्दै ती ठगहरुलाई पैसा लिन पाटनमै डाक्दै आएकी छन् । निको भएर पैसा डिपोडिट गरिदिनु, तपाईंको पैसा सुरक्षित राखिदिएका छौँ भन्दै ती गठले बताउँदै आएकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरीले अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउँछन् ।
गठिमा परेका पक्षले भने यसबारे सरकारले पनि गम्भीर रूपमा नलिएकाे आरोप लगाएका छन् । प्रहरूकाे भनाइ उदृत गर्दै पीडित पक्षले भने, ‘त्यस्तो उजुरीहरु कति धेरै छ । यस्ताे केसहरूमा खासै पक्राउ गर्ने सकेको छैन, तर मलाई चाहिँ कस्तो लाग्छ भने त्यो असम्भव कुरा भने होइन । अलि कति गाह्रो होला तर सक्रिया रुपमा लाग्ने हो भने असम्भव भन्ने चाहिँ छैन । गल्ति त हाम्रो पनि हो । तर, पनि प्रहरी सक्रिया रुपमा लागेर कारबाही गरे, अरू यसरी ठगीमा पर्दैन थियाे । ठगहरूलाई पनि केहीसम्म डर त हुन्थ्यो नि ।
बैंकको पनि गल्ति भएको पीडित पक्षकाे बुझाइ छ । पीडित पक्षका एक जनाले भनिन्, ‘बैंकका कर्मचारीहरुसँग कुरा गर्दा पनि यो एकाउन्टहरु सबै फेक हो भन्नु हुन्छ, तर त्यस्ता फेक एकाउन्टमा पनि सरकारकाे ध्यान गएकाे छैन, सरकारले त्यसमा पनि एक्सन लिनुपर्यो ।’-नवीन कुलुङ/news24
प्रतिकृया दिनुहोस्