Tuesday, October 26

गाउँमा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले तुरुन्तै बोलायो हेलिकप्टर

July 18, 2021 470

धादिङको गंगाजमुना गाउँपालिका– १ की गाउँकी सुमिना तामाङ सुत्केरी व्यथाले छटपटिएपछि गाउँ नजिकैको स्वास्थ्य संस्थामा लगियो । हेल्थ केयरमा एक रात बसेपछि स्वास्थ्य चौकीमा पु-याइयो तर त्यहाँ पनि सम्भव भएन । स्वास्थ्यकर्मीको टोलीले तामाङको गर्भ जाँच ग-यो । तामाङ १७ वर्षकी मात्र थिइन्, कलिलो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यानको जोखिम बढी हुन्छ ।

भौगोलिक विकटता, सडक सञ्जाल लगायतका समस्याका कारण तत्कालै उपचारका लागि सदरमुकाम पु-याउन सम्भव थिएन । घर नखुलेको र निरन्तर पेट दुख्न थालेपछि उपचारका लागि अन्यन्त्र लैजान स्वास्थ्यकर्मीले बताए । गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले तुरुन्तै हेलिकप्टर बोलायो । असार १४ गते हेलिकप्टर मार्फत प्रसूतिगृह थापाथली पु-याइयो । उनले त्यहि दिन छोरी जन्माइन् ।

गंगाजमुना गाउँपालिका वडा नं २ लताबकी २३ वर्षीय सुन्तली तामाङको व्यथा पनि सुमिनाको भन्दा कम्ती छैन । पेट अधिक दुख्न थालेपछि घरपरिवारले रि स्वास्थ्य चौकी पुयाएको थियो । तर उच्च रक्तश्राव हुन थालेपछि काठमाडौं रेफर गरियो । वर्खाले बिगारेको सडकमा तत्काल एम्बुलेन्स आउन सम्भव थिएन । हेलिकप्टर बोलाउ आर्थिक अवस्था कमजोर थियो । के गर्ने कसो गर्ने भन्ने अन्यौल हुदै गर्दा गाउँपालिकाले हेलिकप्टर बोलाइदियो र बैशाख २९ गते काठमाडौं लगियो ।

हवाई एम्बुलेन्सको व्यवस्था भएपछि दुर्गम ठाउँका धेरै गर्भवती र सुत्केरी महिलाको ज्यान जोगिएको छ । मुलुकी ऐनमा महिलाको उपयुक्त विवाह उमेर २० वर्ष तोकिए पनि धेरैले त्योभन्दा कम उमेरमा विवाह गर्छन् । उमेर परिपक्व नभई गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्छ । यसैगरी, उमेर पुगेकै कतिपय गर्भवती तथा सुत्केरीको पनि स्वास्थ्य समस्यालाई गम्भीर रुपले नलिइँदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको छ । सांकेतिक तस्बिर

प्रतिकृया दिनुहोस्