Wednesday, October 27

मलेसियाबाट यी नेपाली युवाले आफ्नो जीवन बचाई दिन गरे सहयोगको अपिल-हेर्नुहोस् (भिडियो सहित)

July 20, 2021 1086

मलेसियामा एक नेपालीले सवैमा सहयोगको अपिल गरेका छन बागलुङ जिल्लाको निसिखोला गाउँपालिका घर भई मलेसियाका कार्यरत खिम वहादुर पुन मगरले सहयोगको अपिल गरेका छन । स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेका उनी यतिवेला निकै विरामि भएका छन ।

कम्पनीले चारपाच दिन अगाडि सामान्यरुपमा अस्पतालमा लगेर उपचार गरेजस्तो गरेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन । अहिले भने आम्पाग पोइन्टको होस्टलमै ल्याएर राखिदिएको नेपालीहरुले वताएका छन ।

पहिला राम्रै हुनुहुन्थ्यो कसरी यस्तो भए हामि पनि अचम्म परेका छौ नाम उल्लेख नगर्ने शर्तमा सोहि कम्पनीमा कार्यरत एक नेपाली भने अहिले उहाँको अवस्था एकदमै नाजुक छ विहान त लगाएको कपडामै पिसाव गरिदिनु भयो अवैधानिक हुनुहुन्छ हामिले केहि गर्न सक्ने अवस्थानै छैन ।

पुन मगर अहिले वोल्न समेत सक्दैनन । नेपालको ठेगाना वताउन पनि नसकिरहेको उनका साथीहरुले वताएका छन । सेक्युरिट कम्पनीमा कार्यरत रहेकै अवस्थामा वसेको ठाउँवाट उठन समेत नसकेपछि हालको अवस्था आएको हो ।

पुन मगरले सो सेक्युरिटि कम्पनीका करीव दुईवर्ष देखि अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए । मलेसियामा रहेका पुनको उद्धारको लागि नेपालको बागलुङवाट रोशन विश्वकर्मा वावुले निकै सहयोग गरिरहेका छन । उनले भने घरपरिवार अझै पत्ता लागेको छैन जसले जहाँवाट भएपनि नेपालीको नाताले सहयोग गर्नेहो हामि सवै जुट्यौ भने पुनजीको पक्कै उद्धार हुनेछ ।

हेर्नुहोस तलको भिडियो।
 

प्रतिकृया दिनुहोस्