Wednesday, March 29

देख्ने सबै छक्क परे ,जुम्ल्याहा दाजुभाईले जुम्ल्याहा दिदी बहिनीसँग नै बिहे गरे । फेसबुकबाटै लभ, बिहेको अचम्मको कथा, (भिडियो सहित हेर्नुस)

July 24, 2021 1280

भनिन्छ नि बिबाह देखेको होइन लेखेको हुन्छ।संयोग पनि कस्तो जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्नुपर्ने,अरुले हेर्दा पनि हेरिरहुँ लाग्ने,भाइ भाइ बिकल्पको चाहिँ अलिक बोलक्कड स्वभाव छ भने दाजु संकल्प भने केही कम र नियन्त्रीत हिसाबले बोल्ने गर्दछन्

भने उता भाइलाई बोल्नमा नसकिने, हँसिलो तथा मिजासिलो स्वभावका छन्। यता त्यीनै भाइले बिहे गरेकी दिदी भने भाइ जस्तै बोलक्कड र मिजासिलो छिन्।अनि दाइले बिहे गरेकी बहिनी भने कम बोल्ने गर्दछिन्। दुवैमा राम्रो समझदारी छ,उनीहरू जस्तो बाहिरबाट देखिन्छन्,ब्यवहारिक रुपमा समेत उनीहरू समझदार छन्।

बुबाआमाको चाहना पनि कहिँकतै जुम्ल्याहा दिदीबहिनी नै खोजेर बिहे गरिदिने थियो। बिहे अगाडि जब बिकल्प र काब्या प्रेम सम्बन्धमा आए,उनीहरूले पनि एक अर्कालाई आफूहरू जुम्ल्याहा हो भनेर सुरुमा चिनेका थिएनन्।प्रेम सम्बन्धमा परेपछि उनीहरू कहिलेकाही दाजुभाइको घरमा समेत आउनेजाने गर्ने रहेछन्।

दाजुभाइको जन्मदिन मान्ने क्रममा उनीहरू आउँदा सबैले यी जुम्ल्याहा दिदीबहिनीलाई दाजुभाइसँग बिहे गरिदिनुपर्छ भनेर पनि भनेका थिए।बिशेषगरी दाजुभाइका बुबाले बिहे गरिदिनुपर्छ भनेर निकै रुचाउनु भएको पनि थियो र बेलाबेलामा अब त बिहे गर्नुपर्छ भनेर समेत कल गर्ने गर्नुहुन्थ्यो।

बिहेको दिन उहाँ जति खुसी सायदै थिए होला अरु।लामो बाटो गाडीमा आउँदा र घर आइपुग्दा सबैलाई सास्ती भए तापनी उहाँ भने निकै नै उत्साही देखिनुहुन्थ्यो। आफ्नो इच्छा पूरा गर्न पाएकोमा उहाँ निकै नै खुसी हुनुहुन्थ्यो भने यता दिदीबहिनी काब्या र दिब्या पनि अत्यन्तै खुसी छन्।

उनीहरू एक अर्कामा पूर्ब सम्बन्धमा रहेको तर पनि बिहे गर्ने सम्बन्ध र उनीहरू बीच एकदमै समझदार रहेको पनि बताएका छन्।एकै दिनको बिहे एउटै घरका दिदीबहिनी लिएर आउने संयोग संभवत: विरलै भेटिने संयोग हो।

यद्यपि यो संयोग उनीहरूलाई जुरेको छ र उनीहरूले यसलाई आफ्नो वास्तविक जीवनमा समेत अनुभव गर्न पाएका छन्। (भिडियो हेर्नुहोस्)

 

प्रतिकृया दिनुहोस्