राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एय’रलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा श’व र तीन वटा अस्तु नेपाल ल्याएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेशि’यामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहे’को मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।
यसै क्रममा क्याप्टेन विजय लामाले आफ्नो फेसबु’कमा लेख्दै भनेका छन्, एक हप्ता भित्र मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!!मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो ‘त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोज’गारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोभिड – १९ बाहेकको अरु विभिन्न कारणले ज्या’न गु’माएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अ’र्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजु’भाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ! अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनता’लाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र?? तस्विर विजय लामा’को वाल बाट
प्रतिकृया दिनुहोस्