Saturday, June 3

“म भारतीय हैन म नेपाली नगारिक हु मलाई भारतिय भनियो : गिनिज बुक रेकर्ड होल्डर नवल पजियार (भिडियो सहित)

July 26, 2021 1226

सत्य बोल्नु होला, सहि काम गर्नु होला, जनतालाई र मिडियालाई कहिल्यै भ्रममा नपार्नु होला’, यो आग्रह हो विश्वमा सबै भन्दा धेरै ५४ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति नवल पजियरको । उनले यो आग्रह अर्पण शर्मालाई गरेका हुन् । जो हिजो आज ८३ शब्दको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दावी गर्दै आएका छन ।

नवल पजियारका अनुसार हाल सम्म उनको रेकर्ड कसैले ब्रेक गर्न सकेको छैन । अर्पण शर्माले नेपाली जनता र मिडियामा भ्रम छरीरहेको उनको दावी छ । हुन पनि हालको रेकर्ड हेर्ने हो भने गिनिज बुकको अफिसियल वेबसाइटमा नवल पजियार कै नाम देखिन्छ । त्यहाँ उनले राखेको ५४ शब्दको रेकर्ड कसैले तोड्न सकेको छैन । अर्पण शर्माले यस अघि गिनिज बुकमा नाम नै नलेखाएको भने हैन ।

उनले सन् २०१५ मा ४२ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । तर उनको त्यो रेकर्डलाई त्यसको कहिँ समयमा नै दुई जनाले ब्रेक गरिसकेका थिए । नवलले ५४ शव्दको रेकर्ड राख्नु अगाडी ५२ शव्दमा शागर गुचीको रेकर्ड थियो, जुन रेकर्ड पजियारले तोड्दै आफ्नो नाममा पारेका थिए । पजियारले सन् २०२० को डिसेम्बर १९ तारिखका दिन भारतको हैदराबादमा उक्त रेकर्ड राखेका हुन् । जुन रेकर्ड अहिले सम्म कसैले तोड्न सकेको छैन ।
नवल पजियारको नाममा रहेको हालको गिनिज बुक अफ वोर्ल्ड रेकर्डको अफिसियल वेबसाइटको स्क्रिनसट

गिनिज बुकले सर्टिफिकेट नदिई ८३ शव्दको रेकर्ड राखेको भनेर मिडियाबाजी गर्नु भनेको विजय शाहीले १७० शव्द मेमरी गरेर मेमरी किङ बनेको भन्नु उस्तै भएको पजियार बताउछन । उनका अनुसार जब सम्म गिनिज बुकले सर्टिफिकेट दिदैन तव सम्म आफुलाई रेकर्ड होल्डर भन्नु भ्रम छर्नु मात्र हो । आफ्नो रेकर्ड तोडेको भनेर भ्रम फैल्याएको भन्दा पनि पजियारलाई दुख लागेको अर्को कुरा भनेको अर्पण शर्माले उनलाई भारतीय नागरिक भनेकोमा छ ।

मिडियामा अन्तर्वार्ता दिने क्रममा अर्पण शर्माले नवल पजियारलाई भारतीय नागरिक भनेको पजियारले बताए । तर अर्पण शर्माले आफैले त्यसो भनेको नसुनीए पनि मिडिया रिपोर्टमा त्यसो भनिएको भिडियो र पत्रपत्रिकामा लेखिएको भने आफ्नो सामाजिक संजाल फेसबुकमा शेयर गरेका छन ।

त्यो शेयर गर्दा अर्पण शर्माले करेक्सन नगर्नुले त्यो अर्पण शर्माले पनि भनेको हो भनेर पजियारले दुख व्यक्त गरेका छन । त्यो सुनेर निक्कै चित्त दुखाएका पजियारले एक भिडियो सार्बजनिक गर्दै आफ्नो नेपाली नागरिकता र पासपोर्ट समेत देखाएका छन । जुन नागरिकता बंशजको आधारमा नै छ ।

उता अर्पण शर्माले बने आफ्नो सामाजिक संजालमा एक पोष्ट शेयर गर्दै भनेका छन् – ‘मैले नयाँ रेकर्डका लागि २०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न सफल भएको छु ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक (इन्स्पेक्टर) तथा विशिष्ट अतिथिको रुपमा लायन्स क्लब भद्रपुरका अध्यक्ष हुनुहुन्थ्यो। यो रेकर्डका लागि मैले १ मिनटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएको छु ।

सोहि दिन पहिलो पटकको प्रयासमा मैले ८३ मध्ये ८१ वस्तुको स्मरण गर्न सफल भएको थिए । दोस्रो प्रयासमा ८३ मा ८३ नै वस्तुको क्रम स्मरण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो सबै प्रमाणहरु पेश गर्न लागेको छु । ‘

नवल पजियारले अर्पण शर्मालाई चुनौती दिदै मिडियामा अन्तर्वार्ता दिएको भिडियो यहाँबाट हेर्नुहोस ।

आफ्नो नेपाली नागरिक र राहदानी देखाउदै नवल पजियार :

प्रतिकृया दिनुहोस्